site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ मा ५४ कोरोना संक्रमित थपिए, ७० संक्रमणमुक्त 
Argakhachi Cement Island Ad

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । 

धनुषामा ९ जना, महोत्तरीमा ३ जना, सिरहामा २ जना, बारामा २६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, रौतहटमा १ जना र सप्तरीमा ५ जना संक्रमित थपिएका हुन् । यो समेत प्रदेशमा कुल संक्रमितको संख्या १४ हजार ९३८ जना पुगेको छ । 

संक्रमितमध्ये १६१ जनाको मृत्यु भएको छ भने १२ हजार ९७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोमबार ७० जना कोरोना संक्रमणमुक्त भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:३३
प्रतिक्रिया दिनुहोस्