site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दसैं मुखमा किसानलाई धान भित्र्याउने चटारो
Sarbottam CementSarbottam Cement

दाङ । नेपालीहरुको महान चाड वडादसैं नजिकिँदै छ । दसैं नजिकिँदै गर्दा दाङका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । 

किसानहरु यतिबेला खेतमा पाकेको धान काट्ने, सुकाउने, दाउने र भित्र्याउने काममा व्यस्त छन् । जताततै धान पाकेर पहेँलपुर भएको छ । किसानहरु खेती स्याहार्नका लागि बिहानदेखि बेलुकीसम्म खेतबारीमै देखिन्छन् ।

गत वर्षहरुमा दसैंपछि मात्र धान काट्न सुरु हुन्थ्यो तर यो वर्ष जेठ महिनामै रोपाईं सुरु भएका कारणले पनि समय अगाडि नै धान काट्न चटारो परेको किसानहरु बताउँछन् । जिल्लाका किसानले असोज पहिलो सातादेखि नै धानवाली भित्र्याउन सुरु गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस वर्ष समयमै वर्षा भएकाले समयमै धान भित्र्याउने चटारो परेको तुलसीपुर ७ का एक किसान झुपलाल खनालले बताए । "गत वर्षहरुभन्दा यो वर्ष धान राम्रो फलेको छ," उनले भने, "अहिले धान उत्पादनमा वृद्धि हुने देखिन्छ । राज्यले समयमै मल उपलब्ध गराउन सकेमा धान उत्पादनमा बृद्धि हुने सोही ठाँउका अर्का किसान सन्तोष सुनारले बताए । 

उनले भने, "कोभिड-१९ ले गर्दा यो वर्ष रोजगारीका लागी बाहिर गएका धेरै युवाहरु स्वदेश फर्किए । समयमै पानी पनि पर्‍यो । त्यसपछि समय-समयमा मल राखे । अहिले धान राम्रो फलेको छ ।"

Global Ime bank

वर्ष दिनभरी खाने खेती धान पाकिसकेकाले घर लिपपोत गर्नसम्म नभ्याएको सोही ठाउँकी किसान रमा धितालले बताइन् । उनले कोरोना महामारीबीचमा आफूले सावधानी अपनाउँदै धान भित्र्याउनमा लागेको बताइन् । 

वर्षेनि असोज महिनाको अन्तिम सातादेखि मंसिर अन्तिमसम्म जिल्लाका किसानहरु धानबाली भित्र्याउनमै व्यस्त हुने गर्दछन् । यसैबीच कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा यो वर्ष कोभिड-१९ का कारण धान खेती हुने क्षेत्र बढेको छ ।

खेती हुने क्षेत्र बढेकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी उमेश श्रेष्ठले यस वर्ष ३८ हजार ४९७ हेक्टर जग्गामा धान खेती भएको जानकारी दिए । 

उनका अनुसार उक्त जग्गामा यस वर्ष झण्डै एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । साथै केन्द्रको तथ्यांक हेर्दा गत बर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने एक लाख ६९ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC