site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । तीन किलो कोकिन बोकेर बोलिभियाबाट काठमाडौं आएकी रोसी गुड्डे टोलेडोभाइलेजोस चार देशको एयरपोर्ट प्रयोग गरेर नेपाल छिरिन् । उता अर्की थाई महिला वारन्याक्युफुल ब्यांककबाट काठमाडौं आइन् । उनको काम थियो, काठमाडौंबाट मलेसिया हुँदै सो कोकिन थाइल्याण्ड छिराउने ।
थाई महिलाले बोलिभियन महिलालाई चिनेकी थिइनन् । ठमेलको एउटा होटलमा भेटेर यस्तो रङको ब्याग लिएर ब्यांकक आउनू भनेर ती महिलालाई एक नाइजेरियन नागरिकले पठाएका थिए । ती दुई महिलाको भेट पनि भयो र ६ करोड रुपैयाँ पर्ने कोकिनको ब्याग लेनदेन पनि भयो ।
तर, थाई महिलालाई प्रहरीले मंगलबार राति मलेसिया जाने प्लेन चढ्नुअघि पक्राउ गर्यो । यो कुराको खबर लागू औषधका तस्करले पाएनन् । उता बोलिभियन महिला भने आफ्नो काम सकिएर पैसा पाएको खुसीमा नेपालको एक टुर गाइडसँग रमाइलो गर्दै थिइन् । मंगलवार राति जब प्रहरी ती महिला सुतेको होटेलमा पुगे, नेपाली गाइड त्यहाँ ओछ्यानमै थिए । धन्न ती गाइडलाई महिलाको कामका बारेमा थाहा थिएन भन्ने कुरामा प्रहरी विश्वस्त भयो । नत्र ती युवा पनि निकै ठूलो समस्यामा पर्ने थिए ।
प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ३ किलो ५४ ग्राम कोकिनसहित दुई विदेशी भरिया महिलालाई काठमाडौंबाट पक्राउ गरेको समाचार बुधबार दिउँसो ब्युरोका डीआईजी जयबहादुर चन्दले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे । 
तीन हजार अमेरिकी डलर पाउने आशमा रोसी गुड्डे टोलेडोभाइलेजोस बोलिभियाबाट तीन किलो कोकिन बोकेर काठमाडौं आएको डीआईजी चन्दले बताए । 
उनका अनुसार पक्राउ परेकी अर्की थाई नागरिक वारन्या क्युफुलको काम नेपाल पुगेको कोकिन थाइल्याण्डसम्म पुर्याउने थियो । 
प्रहरीका अनुसार बोलेभियाका नागरिक क्लाउडियो निग्रोले रोसी गुड्डेलाई कोकिन काठमाडौं पुर्याउने जिम्मा दिएका थिए भने काठमाडौं पुगेको कोकिन थाइल्याण्डमा बस्ने नाइजेरियन नागरिक रेम्मीले थाई महिला वारन्या क्युफुलकालाई काठमाडौंमा भएको कोकिन थाइल्याण्डसम्म ल्याउने भन्दै काठमाडौं पठाएका थिए । 
साउन १६ मा बोलिभियाबाट हिँडेकी रोसी गुड्डे ब्राजिल, इथिइयोपिया र भारतको नयाँ दिल्ली हुँदै साउन १९ मा नेपाल आइपुगेकी थिइन् । उनी २८ गते दुबई जाने योजनामा थिइन् । त्यो कोकिन लिन थाइल्याण्डबाट वारन्याक्युफुलका २४ गते नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आएकी थिइन् । 
ब्युरोका एसएसपी गणेश केसी भन्छन्, “तस्करले प्रहरीको आँखा छल्न लामो रुट प्रयोग गर्छन् । लामो रुट हुँदै हवाई यात्रा गरेपछि प्रहरीले धेरै शंका नगर्ने भएका कारण छोटो दूरीमा पनि लामो रुट प्रयोग गरेका हुन् ।” एसएसपी केसीका अनुसार तस्करले प्रयोग गर्ने भरियालाई झोलाभित्र के छ भन्ने बारेमा ठोस जानकारीसमेत हुँदैन । 
यसपटक पक्राउ परेकी बोलिभियाकी महिलालाई तीन हजार अमेरिकी डलर दिने सहमति भएको थियो भने थाई महिलालाई ७० हजार थाई भाट दिने सहमति थियो । 
ब्युरोका डीएसपी अपिल बोहोरा भन्छन्, “थाईबाट नाइजेरियन नागरिकले काठमाडौंको फलानो होटलको कोटा नम्बर यतिमा, यस्तो मानिसबाट, यस्तो ब्याग ल्याएर आऊ, त्यो ल्याएबापत ७० हजार थाई भाट दिने भन्ने आश्वासन दिएर काठमाडौं पठाएका थिए ।” 
ब्युरोका अनुसार बरामद गरिएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ६ करोड १० लाख ८० हजार रुपैयाँ छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro