काठमाडौं । ग्यालेक्सी जेट फोल्ड २, सामसङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको छ ।
सामसङले ग्यालेक्सी जेट फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ खुला गरेको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसुङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भित्र्याउन लागेको हो ।
“अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो” कम्पनीले भनेको छ । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचर स्मार्ट फोनमा रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी जेट फोल्ड२ सँगै ग्राहकहरुलाई अझै नयाँ, सहज तथा उत्कृष्ट अनुभव प्रदान गर्दै भविष्य तर्फ अझ सशक्त एक कदम अगाडि बढेको सामसङ मोबाइल नेपालका बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए । “सामसङ ग्यालेक्सी जेट फोल्ड२ नेपालमा पहिलो पल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसङ ग्यालेक्सी जेट फोल्ड२ को लागि वहाँहरुको प्रतिक्षाको घडी, अब सकिएको छ” उनले भने ।
ग्यालेक्सी जेट फोल्ड २ को मूल्य २ लाख ५० हजार रहेको छ । नेपालमा प्रि बुकिङ्ग गर्ने ग्राहकले ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाउने छन् । साथै एक पटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि पाउने जनाइएको छ ।