site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दसैं-तिहारका लागि सस्तोमा चामल बिक्री
Sarbottam CementSarbottam Cement

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुम पश्चिमले दसैं-तिहारलाई मध्यनजर गर्दै सस्तोमा चामल बिक्री सुरु गरेको छ ।

मंसिर ६ गतेसम्मका लागि खाद्य कम्पनीले सस्तोमा चामल बिक्री गर्ने भएको हो । विगतका वर्षहरुजस्तै यो वर्ष पनि सस्तोमा चामल बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा सल्लेका निमित्ति कार्यलय प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए । कम्पनीले यो वर्ष चामल मात्र बेच्‍नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीमा पाइने चामल एक क्‍विन्टलको पाँच सय रुपैयाँ सस्तोमा बिक्री गरिने उनको भनाइ छ । कम्पनीको गोदाममा रहेको मध्यम चामल ५२ सयमा बिक्री हुँदै आएकोमा आजबाट ४७ सयमा बिक्री थालिएको छ । त्यस्तै जापानिज चामल ४८ सयमा बिक्री हुदै आएकोमा अब देखि ४३ सयमा र जिरा चामलको मूल्य पनि ५ सयले घटेको छ ।

जिरा चामल भरखरै कम्पनीमा आएकाले मूल्य भने तोकिएको छैन । दसैं-तिहारको बीचमा उपभोक्ताहरुले सल्लेमा रहेको कम्पनीको कार्यालयबाट चामल पाउनेछन् । त्यस्तै कम्पनीले दसैंअगाडि नै जिल्लाका विभिन्‍न डिपो, बिक्री केन्द्र तथा सहकारीबाट चामल बिक्री गर्न सम्झौता गरी चामल गाउँ-गाउँमा पठाएको छ । 

Global Ime bank

सहकारीबाट भने पुरानै मूल्यमा चामल पाइने कम्पनीको भनाइ छ । रुकुम-पश्चिमको कम्पनीको कार्यालय सल्ले, स्यालाखदी बिक्री केन्द्र, रुकुम-पूर्वको शोभागाउँ डिपो, तकसेरा बिक्री केन्द्र र जिल्लाका विभिन्‍न सहकारीमार्फत खाद्य कम्पनीको चामल बिक्री हुदै आएको छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement