site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दाङका ४२ सामुदायिक विद्यालयमा पढाइ नियमित
Sarbottam CementSarbottam Cement

दाङ । दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुमा पढाइ नियमित भएका छन् ।

गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा संस्थागत स्कुलमा पठनपाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा बाल विकास केन्द्र देखि ५ कक्षासम्म पठनपाठन सुरु गर्ने निर्णयअनुसार पढाइ सुरु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर सञ्‍चालन गरिने तयारी छ । गाउँपालिकामा शिशुदेखि कक्षा ५ सम्म ४ हजार ९ सय ७६ विद्यार्थी छन् । गाउँपालिकामा कुल ७ हजार २ सय ५४ जना विद्यार्थी छन् ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार गाउँपालिकाले पठनपाठनलाई सञ्‍चालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताए ।

Global Ime bank

यसैबीच, नयाँ शैक्षिक सत्र सुरु भएको ५ महिनापछि दाङका अन्य विद्यालयहरुले पनि भौतिक कक्षा सञ्चालनको तयारी गरेका छन् । शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो ।

दाङका अन्‍य केही विद्यालय पनि भौतिक रुपमा सञ्चालनमा आइसकेका छन् । असोज १ देखि नै घोराहीका श्री मावि रझेना भौतिक रुपमा सञ्चालानमा आएको छ। हापुर माध्यमिक विद्यालय निघुवार दाङ र हिन्दुविद्यापीठ नेपाललगायतले पनि भौतिक रुपमा विद्यालय सञ्चालन गरेका छन् ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement