site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राजनीतिसँगै व्यवसाय, बंगुर पालेरै लाखौं आम्दानी
Sarbottam CementSarbottam Cement

दाङ । आजभोलि विद्यार्थी नेता टोपबहादुर बुढाथोकीको दैनिकी बदलिएको छ । विद्यार्थी संगठनसँगै पार्टीको काममा हिँड्ने टोपबहादुर पछिल्लो समय बंगुरपालनमा व्यस्त छन् ।

राजनीतिसँगै व्यवसाय थालेका उनले मिहिनेत गरेर आफ्नै ठाउँमा सजिलै आम्दानी गर्न सकिन्छ भन्‍ने देखाएका छन् । उनले लगानी कटाएर वार्षिक ५/६ लाख रुपैयाँ मुनाफा हुने बताउँछन् । स्वदेशमा केही गर्न सकिँदैन भनेर विदेशिने युवाहरूका लागि उनी उदाहरणसमेत बनेका छन् ।

घोराही उपमहानगरपालिका ७, राजपुरमा उनले ५ कठ्ठामा बबई बहुउद्देशीय कृषि तथा पशुपक्षीपालन फर्म स्थापना गरी बंगुर पालन गर्न थालेको दुई वर्ष भएको छ । दुई वर्षअघि आठ लाख रुपैयाँ लगानी गरेर २७ वटा बंगुरका पाठा किनेर उनले व्यवसाय सुरु गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले ल्यान्डरेस र डुरोक जातका बंगुरपालन गर्दै आएका छन् । सुरुमा पाठापाठी बिक्री गर्ने योजना बनाएर कामको थालनी गरेका उनले अहिले मासुका लागि समेत बंगुर पाल्न थालेको बताए । ‘‘सुरुमा व्यवसाय गर्दा क्षेत्रीको छोराले किन यो काम गर्ने, बरु अरु गरे हुन्छ भन्‍नेहरू धेरै थिए, तर मलाई बंगुरपालन गर्ने रुचि भएकाले यही रोजें,’’ उनले भने, ‘‘पहिले नगर भन्‍नेहरु अहिले हेर्न आउँछन् र राम्रो गरेस् भनेर जान्छन् । म कामबाट सन्तुष्ट छु ।’’

समाजशास्त्रमा स्‍नातक गरेका टोपबहादुर नेपाल विद्यार्थी संघ दाङका कार्यवाहक अध्यक्षसमेत हुन् । ‘‘स्कुल-कलेज लागेको भए, संगठन विस्तारमा पनि लाग्नुपर्ने थियो, तर अहिले कोरोनाका कारण कतै जानुपरेको छैन,’’ उनले भने, ‘‘यसैले त बिहान उठेदेखि बंगुरको स्याहारमै व्यस्त रहन्छु ।’’

Global Ime bank

उनले दुई वर्षको अवधिमै व्यवसायमा १३ लाख बढी रुपैयाँ लगानी पुर्‍याएका छन् । घोराही बजारदेखि नजिकै रहेकाले पनि आफूलाई बंगुर पालनमा सहज भएको उनको भनाइ छ । ‘‘बंगुरपालन मेरा लागि नयाँ व्यवसाय थियो, त्यसैले सुरुमा के हुने हो भन्‍ने थियो,’’ उनले भने, ‘‘तर घरपरिवारको सहयोगसँगै बंगुरलाई दाना पनि सजिलै उपलब्‍ध हुने भएपछि सहज भएको हो ।’’

काम गर्ने भावना मनबाटै जगाउन सक्नु ठूलो कुरा भएको बताउने उनले हरेक युवामा सकारात्मक सोचको विकास हुन आवश्यक रहेको बताउँछन् । ‘‘स्वदेशमै केही गर्न चाहने युवाहरू उत्पादनमा जोडिन आवश्यक छ, त्यसका पनि राजनीति गर्ने मानिसहरू कुनै न कुनै व्यवसायमा जोडिनैपर्छ,’’ उनले भने, ‘‘यो त्यो जात र वर्गले गर्ने पेसा हो भनेर कसैले भन्‍न हुँदैन । मनदेखि इच्छाशक्ति देखाएर काम गर्नुपर्छ ।’’

उनलाई अहिले बंगुरपालनमा दाजु-भाउजूले पनि सहयोग गर्दै आएका छन् । कम मिहिनेतसँगै छोटो समयमै उत्पादन लिन सकिने र अन्य व्यवसायको तुलनामा जोखिमसमेत कम हुने भएकाले यो व्यवसाय गर्न सहज भएको उनको भनाइ छ ।

व्यवसाय सुरु गरेको करिब डेढ वर्षमा आम्दानी लिन सकिने टोपबहादुर बताउँछन् । व्यवसायबाट राम्रै आम्दानी भइरहेकाले कुनै क्षति नभए अबको दुई वर्षमा बैंकबाट लिएको सबै ऋण तिरिसक्ने उनको भनाइ छ । आफूले उत्पादन गरेको बंगुर स्थानीय बजारमा २५ प्रतिशत खपत हुने र बाँकी बुटवल लैजाने गरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement