site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्‍ननगर नगरपालिका वडा नम्बर १४ बस्ने पुरेन्द्र गिरी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार शुक्रबार राति ९ बजेर ५० मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नम्बर  १२ टिकौली जंगलमा पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ५ ख १३६४ नं.को ट्रकले विपरीत दिशाबाट गइरहेको ना ६४ प ८३६३ नं. को मोटरसाइकलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका गिरीको भरतपुर अस्पतालमा उपचारको क्रममा राति १० बजेर २० मिनेटमा मृत्यु भएको थापाले जानकारी दिए । 

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro