site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एउटा घारबाट सुरु भएको माहुरीपालन, वार्षिक ८ लाख आम्दानी
Sarbottam CementSarbottam Cement

दाङ । पछिल्लो समय दाङमा व्यावसायिक रुपमा माहुरीपालन व्यवसाय गर्ने किसानको संख्या बढ्दै गएको छ ।

माहुरीपालन व्यवसायबाट उत्पादन भएको माहुरी सजिलै बिक्री हुने र माहुरीका लागि चरन क्षेत्रसमेत राम्रो भएकाले दाङमा माहुरीपालन व्यवसाय बढ्दै गएको हो । कुनै बेला यस्तो समय थियो जुन समय घोराहीमा माहुरी किन्नसमेत पाइँदैन थियो । 
त्यही समयमा तुलसीपुरबाट ४५ सय रुपैयाँमा एक घार माहुरी किनेका घोराही उपमहानगरपालिका १८ का विवेक गौतमले अहिले १० लाखभन्दा बढी मूल्यको माहुरी पाल्दै आएका छन् ।  उनले माहुरी पालन गर्ने सोख पूरा गर्न २०५४ सालमा ४५ सय रुपैयाँमा एक घर माहुरी किनेर ल्याएका थिए । त्यही घारलाई वृद्धि गर्दै गौतमले पछिल्लो समय ‘अम्विकेश्वरी बी’ कन्सर्न फर्म दर्ता गरेर व्यावसायिक रुपमा माहुरीपालन गर्दै आएका छन् । उनीसँग अहिले ८५ घर माहुरी रहेका छन् ।

उनले माहुरीपालनमा राम्रोसँग लागे अन्य व्यवसायको तुलनामा राम्रो रहेको बताए । ‘‘जुनसुकै पेसा व्यवसायमा मिहिनेत आवश्यक हुन्छ, त्यो मिहिनेत माहुरीपालन पनि गर्नुपर्छ,’’ गौतमले भने, ‘‘त्यो मिहिनेत कसैलै माहुरीपालन व्यवसायमा गर्छ भने अन्य सानोतिनो व्यवसायलाई माहुरीपालन व्यवसायले सजिलै जित्छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

अन्य व्यवसायको तुलनामा माहुरीपालन सजिलो र कम खर्चमै गर्न सकिने भएकाले पनि सहज भएको उनी बताउँछन् । २०५४ सालदेखि माहुरीपालन व्यवसाय गर्दै आएका गौतमको मुख्य आम्दानी पनि यही हो । उनलाई माहुरीपालन व्यवसायमा पत्‍नी र छोराले पनि साथ दिँदै आएका छन् । गौतमकी पत्‍नी अम्बिका माहुरीपालन व्यवसायसम्बन्धी प्रशिक्षकसमेत हुन् । 

‘‘हाम्रो घरपरिवारै माहुरीपालनमा छ, जसका कारण घरको मुख्य आम्दानी नै माहुरीपालन हो,’’ छोरा विरोध भन्छन्, ‘‘यहीँबाट आएको पैसाले परिवार चल्छ ।’’ उनले वार्षिक रुपमा करिब ७ देखि ८ लाख रुपैयाँसम्म माहुरीका घार र मह उत्पादन गरेर आम्दानी गर्छन् ।

Global Ime bank

 

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement