चितवन । चितवनमा सय केजी गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ११ बस्ने दोर्जे लामा र पदमबहादुर मोक्तान रहेका छन् ।
प्रहरीका अनुसार भदौ २१ गते रातको समयमा प्रहरीले उक्त नगरपालिका वडा नम्बर ८ पम्फा खोला किनारमा ५ वटा बोरामा पोका बनाई राखेको वेवारिसे गाँजा बरामद गरेको थियो ।
यस विषयमा अनुसन्धान गर्दै जाँदा उनीहरुलाई बिहीबार पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार गाँजा ओसारपसारमा प्रयोग गरिएको ना.३९ प २२५८ नं.को मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
यस कसुरमा दुई वर्षदेखि १० वर्षसम्म जेलसजाय र १ लाख देखि १० लाख सम्म जरीवाना हुने थापाले बताए । उनीहरुको म्याद थपेर अनुसन्धान भइरहेको छ ।