site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालमा गैरकानुनी नेटवर्किङ व्यापार गर्ने भारतीय कम्पनी सिल
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालमा नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी वाणिज्य विभागको कारबाहीमा परेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले इन्दुस् भिभा हेल्थ साइन्स प्रालिमा अनुगमन गरी सिल गरेको वाणिज्य विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए ।

कम्पनीले ललितपुरको जावलाखेलमा आधारित भई नेटवर्किङ व्यापार गर्दै आएको खुलेको हो । नेपालमा नेटवर्किङ व्यवसाय गैरकानुनी हो । प्रहरीको सहयोगमा सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्