site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दाङमा सिँचाइका लागि कृत्रिम ताल निर्माण
Sarbottam CementSarbottam Cement

दाङ । दाङको घोराही उपमहानगरपालिकाले सिँचाइको लागि उपमहानगरमा दुई दर्जन  कृत्रिम तालहरु निर्माण गरेको छ ।

तालमा जम्मा भएको पानीले स्थानीयहरुलाई सिँचाइका लागि सहज भएको बताएका छन । उक्त तालहरुमा माछापालन पनि गरिएको छ । १ र २ मा प्रदेश ५ सरकार र  उपमहानगरको लगानीमा निर्माण भएर्को चेपे ताल सिँचाइ, माछापालनको लागि मात्र नभइ आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । दुई  वर्ष पहिले स्थानीय सिँचाइको लागि चेपे सोतामा ड्याम बाँधेर ताल बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछि प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहकार्यमा निर्माण सुरु गरिएको चेपे तालमा अहिलेसम्म दुई करोडभन्दा बढी खर्च भएको उपमहानगरले जनाएको छ । हिजोआज तालमा स्थानीय पर्यटकहरु तालमा रमाउन जाने गरेका छन् । घोराही १५ का विमल केसीले तालमा आउँदा निकै खुशी लागेको बताए । तर उनले तालको वरपर पुरै खुल्ला रहेकाले तारबारको व्यवस्था गर्नुका साथै सफा राख्नुपर्ने बताए । 

त्यसैगरी घोराही १५ का समिर भण्डारीले ताल पर्यटकीय केन्द्रका रुपमा जाने भन्दै बोटहरु थप्‍नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने बताए । 

Global Ime bank

प्रदेश ५ सरकारको ५० लाख र घोराही उपमहानगरले रकम थप गरी ड्याम निर्माण गरी ताल बनाइएको हो । आठ बिगाहा क्षेत्रफलमा फैलिएको ताललाई बहुउद्देश्यीय बनाउने प्रदेश सरकारको योजना अनुसारको काम भइरहेको छ । 

यो ताल अहिले बोटिङ गर्नेहरुको स्थलमात्रै बनेको छैन, यहाँ २३ हजारभन्दा बढी माछाका भुरा हालिएको छ भने यसै तालबाट बगेको पानीले खेतियोग्य जमिन सिञ्‍चित भइरहेको ताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष राममणी पाण्डेले बताए ।

ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीकरण गराउने, माछा पालन गर्ने र डुंगामा शयर गराइ मनोरञ्‍जनसँगै सँगै आन्दानीमा केन्द्रित गराउने गरी स्थानियहरुलाई नै सञ्चालनको जिम्मेवारी दिइएको उपमहानगरपालीकाले जनाएको छ । 

४ लाख २५ हजार घनमिटर पानी र १५ मिटर गहिराइ रहेको ताललाई बहुउपयोगी बनाउने काम भइरहेको छ । बोटिङ तथा अन्य कामबाट भएको आम्दानीबाट २० प्रतिशत उपमहानगरलाई जाने र ८० प्रतिशत कर्मचारी व्यवस्थापन गर्ने ताल बनाउँदा डुबानमा परेका जग्गाधनीलाई क्षतिपुर्ति दिने र कोरोना भाइरसबाट बच्‍न सुरक्षा तथा स्वास्थ्य सामग्री खरिद गर्नको लागि प्रयाग गरिने र पूरा नभएका व्यव्यस्थापनका काम गरिने बोट सञ्‍चालक समितिका संयोजक बिपदराम चौधरीले बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC