site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
युवाले सहुलियत दरमा व्यवसायिक ऋण पाउने
Sarbottam CementSarbottam Cement

सिन्धुली । युवालाई स्वदेशमै उद्यममा लगाउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले ‘युवालाई सहुलियत व्यवसायिक ऋण कार्यक्रम’ ल्याएको छ । 

यो कर्जामा महिला ऋणीले १.८५ प्रतिशत र पुरुषले २.८५ प्रतिशत ब्याज अनुदान पाउँछन् । नगरपालिकाको सिफारिसका आधारमा राष्ट्रिय वाणिज्य बैंकले सो ऋण प्रवाह गर्ने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सो ऋण सम्बन्धी सम्झौता पत्रमा नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आइतबार हस्ताक्षर गरे । 

दक्षता, क्षमता र सीप भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण बेरोजगार भएर बस्नु परेको युवालाई लक्षित गरी सरल व्यवसायिक ऋण कार्यक्रम ल्याएको नगरप्रमुख खत्रीले जानकारी दिए । उनले नगरपालिकाले १४ वटै वडाका युवाबाट आफूले गर्न चाहेको व्यवसायबारे आवेदन माग गर्ने र मागका आधारमा ऋण दिन उपयुक्त ठहर भएका युवालाई सरल ब्याजदरमा ऋण उपलब्ध गराउने बताए ।

Global Ime bank

नगरप्रमुख खत्रीका अनुसार यो कार्यक्रमअन्तर्गत नगरपालिकाको सिफारिसका आधारमा बैंकले ऋणीलाई रु पाँच लाखदेखि पाँच करोडसम्म ऋण उपलब्ध गराउने छ । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  २०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement