site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१० हजार क्‍विन्टल धान खरिद गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
Sarbottam CementSarbottam Cement

दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुर शाखाले यस वर्ष धान र चिनी खरिद गर्ने जनाएको छ ।

कम्पनीले स्थानीयस्तरबाट १० हजार क्‍विन्टल धान खरिद गरेर चामल बनाएर बिक्री गर्ने कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिए । उनका अनुसार सरकारले तोकेको मूल्यमा धान खरिद गरिनेछ । हाल कारागारहरु, रुकुम पूर्व, पश्चिम र डोल्पामा स्थलमार्गबाट चामल पुर्‍याउँदै आएको कम्पनीले यस वर्ष धान पनि खरिद गर्ने उनले बताए ।

त्यस्तै हाल विभिन्‍न प्रकारका चामल उपलब्ध गराउँदै आएको कार्यालयमा अझै पनि ११ सय ९५ क्‍विन्टल चामल मौज्दात छ । अहिले कारागारलाई चामल उपलब्ध गराउँदै आएको कार्यालयले ढुवानीका लागि टेन्डर नभएका कारण अन्य क्षेत्रमा भने चामल पुर्‍याउन सकेको छैन । त्यसैले उक्त चामल गोदाममै थन्किएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउनको समयमा केही चामल बिक्री भए पनि अहिले बिक्री ठप्प छ । कार्यालयले लकडाउन अवधिमा कारागारलाई चार हजार क्‍विन्टल चामल उपलब्ध गराए पनि अन्य व्यक्ति र संस्थाले भने किनेका छैनन् । ‘‘हामीहरुसँग चामल पर्याप्त छ, ढुवानी टेन्डर नभएकाले अन्यत्र पठाएका छैनौं, आवश्यक परे हामीहरुले उपलव्ध गराउने छौ,’’ प्रमुख मिश्रले भने ।

कम्पनीमा माटो चामल, मध्यम, स्ट्रिम सोना, सोना स्ट्रिम, जापानी चामल मौज्दात छन् । 

Global Ime bank

दुई सय टन चिनी किनिँदै
त्यसैगरी कार्यालयले यस वर्ष उपभोक्ताको सहजताका लागि दुई सय टन चिनी पनि खरिद गर्ने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हजार टन चिनी खरिद गर्न लागेको र त्यसमध्ये दुई सय टन चिनी दाङमा ल्याउन लागेको जनाएको छ । अब केही समयमै सो चिनी ल्याउने कार्यालयले जनाएको छ ।

दसैं-तिहारलाई मध्यनजर गरी चिनी खरिद गर्न लागेको र सो चिनी सहकारी व्यापारीहरुलाई सुलभ मूल्यमा उपलब्ध गराउने बताएको छ । बजार भाउभन्दा केही सस्तोमा बिक्री गर्ने कार्यालय प्रमुख मिश्रले जानकारी दिएका छन् । ‘‘हामीहरुले बिक्री गर्ने चिनी बजार भाउभन्दा केही सस्तो हुनेछ,’’ मिश्रले भने ।

के छ खसी-बोका किन्‍ने तयारी ?
यसैबीच दसैं-तिहारका लागि खसी-बोका खरिद गर्दै आएको शाखा कार्यालयले यस वर्ष खसी बोका खरिदका लागि कुनै जानकारी नआएको जनाएको छ । 

दसैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ । घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सयवटा खसी-बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

यसपालि दसैंमा खसीबोकाको मूल्य नबढ्ने

कम्पनीको वार्षिक कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी-बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुलसीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्‍ने योजना कम्पनीको छ ।

कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिसअनुसार हुनेछ । गत वर्ष दसैंमा संस्थानले पाँच सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC