site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
किसानलाई चाहिएको युरिया, सरकार पठाउँछ डीएपी !
Sarbottam CementSarbottam Cement

दाङ । मलको अभावमा देशभरिका किसान समस्या भएसँगै दाङका अधिकांश किसानहरुले पनि यस वर्ष धान बालीमा मल हाल्न पाएनन् । 

धान फुल्ने बेला किसानलाई युरिया मल आवश्यक छ, तर यो बेला सरकारले डीएपी मल पठाएर किसानलाई गुन लगाउन खोजेको छ । तर तत्कालका लागि धानमा हाल्न डीएपी मल आवश्यक छैन । डीएपी मल त तोरी र गहुँ छर्ने बेलाका लागि मात्र उपयुक्त हुने किसानहरुको भनाइ छ । मलको अभाव हुँदा धेरै जसो किसानहरुको धानले बाला नै फालेन ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्लाको घोराही र लमहीमा केही मल आए पनि तुलसीपुरमा साउनदेखि युरिया मल आएन । तर केही किसानले भने दोब्बर मूल्यमा मल किनेर पनि धानबालीमा हालेको बताउँछन् । अन्य समयमा कृषिलाई पहिलो प्राथमिकतामा राख्‍ने भने पनि यसतर्फ भने कसैले पनि ध्यान नदिएको किसानहरु बताउँछन् ।

‘‘यस वर्ष समयमै खेती भएको थियो, धानले गाँजा हाल्ने समयमा मल नै पाइएन,’’ कृषक झुपु चौधरीले भने । उनले अब तोरीका लागि पनि मल नपाइने हो कि भन्‍ने चिन्तामा आफूहरु रहेको बताए । ‘‘साउनदेखि तुलसीपुरमा मल आएको छैन । युरिया मलका लागि अन्यत्र जानलाई कोरोनाको महामारीले सताएको छ, यस वर्ष धान उत्पादन सोचे जस्तो हुने भएन,’’ किसान प्रकाश खड्काले भने ।

Global Ime bank

उनले तोरीका लागि भने डीएपी मल बुधवार लिएको बताए । राज्यले किसानहरुको समस्यालाई नबुझ्दा किसानहरु मारमा परेको कृषकहरु बताउँछन् । समयमा रासायनिक मलको आयात हुन नसक्दा बजारमा देखिएको अभावका किसानहरु आक्रान्त बनेका छन् । देशकै मुख्य खाद्यबालीका रुपमा रहेको धानमा मल हाल्ने सिजनमै अभाव हुँदा उत्पादनमा ह्रास आउनेमा किसानहरु चिन्तित छन् । कोभिड १९ का कारण अरु क्षेत्रहरु धरासायी भएको र कृषिबालीमै सबैको आशा जागेको बेला किसानहरुले मल नपाएपछि कतै खाद्य संकटको अवस्थाबाट गुज्रिनुपर्ने त होइन भन्‍ने आशंकासमेत किसानहरुको छ ।

नेपालमा अनुदानको मल आपूर्ति गर्ने जिम्मेवारी दुईवटा सरकारी कम्पनीहरु कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई दिइएको छ । नेपालमा त्यसमध्ये पनि कृषि सामग्रीले करिब ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले करिब ३० प्रतिशत मलको आपूर्ति गर्ने गरेका छन् ।

घोराही क्षेत्रमा साल्ट ट्रेडिङले भने युरिया मल यस वर्ष उपलव्ध गराएको थियो । यता कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले अब युरिया मलको सिजन गएको र ५० टन डीएपी मल आएको बताए । उनका अनुसार तुलसीपुरमा साउनदेखि एक बोरा पनि युरिया मल आएन । जो धानबालीका लागि मल आवश्यक पर्ने समय हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC