site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरानाकै कहरमा ५३ दिनमा ९ हजार सुदूरपश्‍चिमेली भारत प्रस्थान
SkywellSkywell

काठमाडौं । कोरोना कहरकै कारण भारतबाट स्वदेश फर्किएकाहरु पुन: उतै फर्किन थालेका छन् । जीविकोपार्जनमै समस्या भएपछि दसैंलगायत चाडपर्वकै मुखमा घर फर्किएका सुदूरपश्‍चिमेलीहरु पुन: भारततर्फ नै फर्किन लागेका हुन् ।

यसबीच भारतबाट दसैं मान्‍नका स्वदेश फर्किनेहरु पनि छन् । भारतमा कोरोना महामारीको अवस्था भयावह छ । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन ।

KFC Island Ad
NIC Asia

यस्तोमा नेपालीहरु भारत जानु झन् जोखिम भए पनि सुदूरका पहाडी जिल्लामा जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरु भारत फर्किन लागेका हुन् । प्रत्येक वर्ष लाखौंको संख्यामा कर्णाली र सुदूरपश्‍चिमका नागरिक मजदुरीका लागि भारत जाँदै आएका छन् । पहाडी जिल्लामा खाद्यान्‍नलगायतको उब्जनीसमेत नहुने भएपछि भारतमा परिवारै जाने गरेका छन् ।

कैलालीको गौरीफन्टा नाका र कञ्‍चनपुरको गड्डाचौकी नाका हुँदै पछिल्लो ५३ दिन (साउन १ देखि भदौ २१ सम्म) मा ९ हजार २ सय ९५ जना भारत प्रवेश गरेका छन् । जसमा १६ सय ८ महिला,६ हजार ८ सय ७२ पुरुष र ८ सय १५ बालबालिका छन् ।

Royal Enfield Island Ad

सुदूरका सबैजसो जिल्लामा निषेधाज्ञा जारी रहे पनि उनीहरु पैदलै सीमानाकासम्म पुगेका हुन् । सीमावर्ती सहर गौरीफन्टा र वनबसाबाट उनीहरु भारतीय बसमा विभिन्‍न गन्तव्यतर्फ लाग्‍ने गरेका छन् । प्रहरीका अनुसार कैलालीको गौरीफन्टा नाकाबाट बढीजसो नेपाली भारत जाने गरेका छन् । यसअघि प्रहरीले भारतबाट आउने-जानेहरुको तथ्याङ्‍क राख्‍ने गरेको थिएन । तर कोरोना महामारीपछि तथ्याङ्‍क राख्‍न सुरु गरेको हो । ५३ दिनमा औसतमा १७५ जना प्रत्येक दिन गौरीफन्टा र गड्डाचौकी नाकाबाट भारत प्रवेश गरेको पाइएको छ ।

मजदुरीकै लागि नेपालीहरु भारतको बैंङलोर, चम्पावत, हरियाणा, सिमला, मुम्बईलगायत स्थानमा बढी जाने गरेको सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । सोही अवधिमा गड्डाचौकी र गौरीफन्टा नाका हुँदै भारतबाट २४ हजार जना स्वदेश फर्किएका छन् ।
फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro