site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपिलवस्तु ट्राफिक प्रहरीले आठ महिनामै उठायो दुई करोड राजस्व
Sarbottam CementSarbottam Cement

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले पछिल्लो आठ महिनामात्रै दुई करोड पाँच लाख ३९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो ।

कपिलवस्तु ट्राफिक प्रहरीले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कुल एक करोड ७७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी निरीक्षक अनिश भण्डारीले ट्राफिक प्रहरीको कमान्ड सम्हालेसँगै ट्राफिक नियमको पालनामा कडाइ गरिँदा राजस्व संकलन उच्च भएको हो ।

चालु आर्थिक वर्षसहित तीन आर्थिक वर्षमा ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले मात्रै सात करोड ४८ लाख ८७ हजार ५०० राजस्व संकलन गरेको छ ।

Global Ime bank

Traffic-Sachetana-1715002295.jpg
 

जसअन्तर्रगत चार हजार ६१२ बस, ६७ हजार ९९८ ट्रक, १७ हजार १९ कार तथा जिप, १८ हजार ५९९ मोटरसाइकल, तीनहजार ३३० ट्याक्टर र ७७९ अटोरिक्सा कारबाहीमा परेको देखिएको छ ।

ट्राफिक नियम उल्लंघनको घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले एक हजार ८३२ वटा जनचेतनामूलक कार्यक्रमसमेत गरेको छ । जसमा ५७ हजार ५४३ जना सचेतना कक्षमा सहभागी भएका थिए ।

राजस्व संकलनमा राम्रो काम गरेको भन्दै तत्कालीन लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी उमेशराज जोशीबाट भण्डारी पुरस्कृतसमेत भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement