अर्थ व्यवसाय
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था पाँचौ वर्षमा प्रवेश गरेको छ ।
नेपाल राष्ट्र बैंकबा 'घ' वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त संस्थाले 'विपन्न समुदायका निम्ति आशा' भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तिय सेवा दिदै आएको छ ।
हाल संस्थाले आफ्ना ५५ वटा शाखा कार्यालयमार्फत ५६ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले बताए ।
संस्थाले २ अर्ब ३९ करोड बढि कर्जा प्रवाह गर्नुका साथै ८१ करोड निक्षेप संकलन गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७ १८:२२
प्रतिक्रिया दिनुहोस्