site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दाङमा एक साता निषेधाज्ञा
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा आइतबार १२ बजेदेखि एक हप्ता पूर्णरुपमा निषेधाज्ञा लागु हुने भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति दाङले आइतबार मध्यरातबाट लागु हुने गरी एक साता जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा लगाउने निर्णय गरेसँगै पूर्णरुपमा निषेधाज्ञा हुन थालेको हो । दाङमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई कोरोना संक्रमणको थप जोखिम हुनबाट जोगाउन एक पहिलो चरणमा एक साता पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले आइतबारदेखि आगामि २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा निषेधाज्ञा लगाएको छ । सो अवधिमा उद्योग, कलकारखाना, यातायात, बजार, कार्यालय, बैंक तथा वित्तिय संस्था बन्द रहने समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

पछिल्लो चरणमा जिल्लाको घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै जिल्लालाई नै लकडाउन पूर्णरुपमा निषेधाज्ञा लगाउनु परेको उनले बताए ।

Global Ime bank

निषेधाज्ञा अवधिमा अत्याश्यकबाहेकका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् । एम्बुलेन्स, दमकल, प्रेसका सवारीसाधन बाहेक अन्य सवारी साधनसमेत चल्न पाउने छैनन् ।

यस्तै बैठकले जिल्लामा आरटी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । परीक्षण रिपोर्ट हेरेर जिल्लामा एक सातापछि यसको अवधि थप गर्ने नगर्ने निर्णय हुने उनले बताए । उनले भने, "जिल्लामा कोरोनाको अवस्था कस्तो हुँदै जान्छ त्यस अनुसार निर्णय गर्दै जाने हो । अहिले थप कडाइ गर्नुको विकल्प हामीसँग रहेन ।"

यस्तै, सीमावर्ती क्षेत्रमा आवागमना थप कडाइ गर्ने, जिल्ला भित्रिनेहरूको लगत राखेर सम्बन्धित पालिकालाई जानकारी गराउने र क्वारेन्टिनमा व्यवस्थापन गरिने भएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फेला परेपछि जिल्लाको घोराही १० नारायणपुर क्षेत्र, राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ का ५ वटा टोल अहिले सिल गरिएको छ भने तुलसीपुर क्षेत्रका केही स्थान पनि उच्च निगरानीमा राखिएको छ । यसअघि स्थानीय प्रशासनले भदौ १ गतेबाट जिल्लामा अनिश्चितकालीन रात्रिकालीन निषेधाज्ञा लगाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय