site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
 प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

जनकपुर । प्रदेश २ मा शुक्रबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । 

मृतकहरुमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका -२ का ७७ वर्षीय एक जना पुरुष, महोत्तरीको मनरासिसबा नगरपालिका -४ का ३७ वर्षीय एक जना पुरुष, सोही नगरपालिका वडा नम्बर ५ का ७४ वर्षीय एक जना, महोत्तरीकै भंगहा नगरपालिका -२ सिंग्याहीका ६० वर्षीय एक पुरुष र सिरहाको लहान नगरपालिका -९ की ६५ वर्षीया एक जना महिलासमेत पाँच जना रहेका छन् ।

शुक्रबार धनुषामा १० महिलासमेत १९ जना, महोत्तरीमा पाँच जना महिलासमेत १३ जना, सिरहामा दुई जना महिला, बारामा दुई जना महिलासमेत पाँच जना, पर्सामा एक जना पुरुष, सर्लाहीमा पाँच महिलासमेत १३ जना, रौतहटमा पाँच जना महिलासमेत २० जना र सप्तरीमा दुई जना महिलासमेत छ जना संक्रमित भएका छन् । 

प्रदेश २ मा शुक्रबारसम्म मृतकको संख्या ७७ पुगेको छ भने कुल संक्रमितको संख्या एक हजार चार सय ३१ जना महिलासमेत नौ हजार छ सय ३० जना पुगेको छ ।

तीमध्ये चार हजार छ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रबार मात्रै २२ जना महिलासमेत १५२ जना निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro