site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविमा प्रमाणपत्रका निम्ति अनलाइनबाटै निवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटलगायत प्रमाणपत्रका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ । 

सेवाग्राहीलाई कार्यालयमा आउनुपर्ने अवस्था न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अनलाइन सेवाअन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

त्रिविले आज सोमबार बिहान ११ बजेबाट नै सो सेवा सुचारु गरेको हो । आगामी जेठ १५ गतेबाट त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट नै सञ्चालन हुने बताइएको छ । 

tu-1744708594.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro