site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोरोना असर : ९० प्रतिशत बढी निर्माण ठप्प, ६५ अर्बको नोक्सान

काठमाडौं । कोडिभ १९ का कारण ९० प्रतिशत बढी निर्माण आयोजना ठप्प भएका छन् । वर्षातको समयसँगै कोभिडले गर्दा आयोजना प्रायः ठप्पको अवस्थामा रहेको निर्माण व्यवसायी बताउँछन् । 

हाल देशभर करिब ५ हजार निर्माण आयोजना छन् । त्यसमध्ये बढीमा सयवटा आयोजनामा काम भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । काम भएका आयोजनाको गति पनि निकै सुस्त रहेको उनले बताए । “निर्माण आयोजना चल्नका लागि मात्रै चलेका छन्, पूर्ण रुपमा चलेका छैनन्,” उनले भने ।

Dabur Nepal

व्यवसायीका अनुसार अहिले वर्षाको समय भएकाले पनि धेरै निर्माण कार्य अगाडि बढ्ने थिएनन् । तर, कोडिभका कारण वर्षापछि पनि निर्माण सुरु गर्न नपाए अर्थतन्त्रका लागि निकै घातक हुने सिंह बताउँछन् । “निर्माण क्षेत्रमा अहिलेसम्म करिब ६५ अर्ब रुपैयाँ नोक्सान भएको छ,” उनले भने, “पर्यटनजस्तो निकै प्रभावित क्षेत्र निर्माण नभएकाले काम सुरु गर्न पाए छिटो रिकभर हुन्छ ।” तर, कोरोना कारण फागुनदेखि नै निर्माण प्रायः ठप्प भएको उनले बताए । 

अहिले वर्षातको समय भएकाले पनि धेरै असर भने नपारेको हो । तर, कोभिडका कारण वर्षापछि पनि निर्माण सुरु हुन नसके भने ठूलो असर पर्ने उनी बताउँछन् । “वर्षातका बेला सामान्यत: काम नहुने नै समय हो । तर, गएको फागुनदेखि नै निर्माणको काम रोकिएको छ । निर्माणको क्रम वर्षापछि पनि रोकियो भने थप ठूलो क्षति हुन्छ,” उनले भने । उनका अनुसार हाल ९० प्रतिशत बढी निर्माण आयोजना ठप्प छन् । 

तर, वर्षापछि काम गर्न रकम अभाव हुने देखिएको उनले बताए । त्यसका लागि सरकारले अनुदान नदिए पनि प्रत्येक बिलबाट कट्टा गरेर राखेको ५ प्रतिशत बैंक ग्यारेन्टी रकम फिर्ता दिन आग्रह गरेको उनले बताए । त्यसरी धरौटी बापतको रकम फिर्ता पाए २५ अर्ब बढी रकम चलाउन पाउने उनी बताउँछन् । त्यसले विकास निर्माणको कामसँगै अर्थतन्त्रलाई पनि चलायमान बनाउन सहयोग गर्ने भनाइ उनको छ । निर्माण व्यवसायीले ३४ अर्ब रुपैयाँ मात्रै ब्याज तिर्नुपर्ने बताउँछन् । 

निर्माण व्यवसायीले कुल ३ खर्ब ४१ अर्ब बैंकबाट कर्जा लिएको उनले बताए । “कुल कर्जा ३४१ अर्ब रुपैयाँ छ । त्यसको १० देखि २० प्रतिशत चैतपछाडि दुई वर्षभित्रमा तिर्ने गरी ऋण उपलब्ध गराइदिए वर्षापछि काम गर्न सहज हुन्थ्यो । त्यसले निर्माण गतिविधि सहज हुन्थ्यो र आर्थिक गतिविधि पनि चलायमान बनाउन सहयोग गर्थ्यो,” उनले भने । उनका अनुसार सरकारले बैंक ग्यारेन्टीबाट रकम फिर्ता दिने आश्वासन दिएको छ । 

कोभिड सँगसँगै काम गरौं
अध्यक्ष सिंहले कोडिभ १९ सँगसँगै निर्माण गतिविधिलाई पनि अगाडि बढाउनुपर्ने बताए । त्यसका लागि प्रोटोकल बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेको उनले बताए । “कसरी काम गर्ने भनेर प्रोटोकल बनाएर त्यसमा लाग्ने थप लागत थपेर काम सुरु गराउनुपर्‍यो भनेर सरकारलाई भनेका छौं,” उनले भने । राष्ट्र बैंकले निर्माण क्षेत्रलाई मध्यमस्तरको प्रभावित क्षेत्रमा राखेको छ । “निर्माण क्षेत्र पनि प्रभावित भएको क्षेत्र हो, तर पर्यटन व्यवसाय जस्तै निकै प्रभावित क्षेत्र होइन । यसको असर निर्माण क्षेत्रमा धेरै लामो समयसम्म पर्दैन,” उनले भने, “तर, कोडिभ सँगसँगै काम गर्दै गयौं भने मात्रै छिटो रिकभर गर्न सक्छौं ।” 

अहिले कोभिडको प्रभाव बढ्दै जाँदा सप्लाइ चेन र श्रमिकको प्रमुख समस्या रहेको व्यवसायीको भनाइ छ । निर्माण क्षेत्रमा देशभर करारसमेत गरेर करिब १५ लाख श्रमिक छन् । त्यसमध्ये ५ लाख भारतीय श्रमिक काम गर्छन् । नियमित कर्मचारीको संख्या करिब पाँच लाख छ । आयोजनाको काम अगाडि नबढेकाले करारमा काम गर्ने श्रमिकले पैसा पाएका छैनन् । तर, करिब पाँच लाख नियमित कर्मचारीलाई भने नियमित रुपमा तलब दिँदै आएको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro