site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
दाङमा एक महिनामै करिब ९० करोड राजस्व संकलन
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा एक महिनाको अवधिमा करिब ९० करोड रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष ०७७/७८ को सुरुको महिना साउन १ देखि २९ गतेसम्ममा संघीय सरकार तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूबाट राजस्व संकलन भएको हो ।

साउन २९ सम्म ८९ करोड ७३ लाख ३२ हजार ६ सय ९४ रुपैयाँ संकलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय दाङका प्रमुख शशिन्द्र खात्रीले बताए । संघीय सरकारअन्तर्गतका कार्यालयहरूबाट ७१ करोड २२ लाख ३० हजार ६१ रुपैयाँ र प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूबाट १८ करोड ५१ लाख २ हजार ६ सय ३३ रुपैयाँ संकलन भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको सक्रमण रोक्न सरकारले चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउनको समयमा कर तिर्न नपाएका व्यवसायी तथा नागरिकले लकडाउन खुलेसँगै कर तिरेको कारण पनि साउनको महिनामा मात्र यति धेरै राजस्व संकलन भएको उनले बताए । प्रदेश सरकारअन्तर्गत निकासी फिर्तामार्फत १८ लाख ८ हजार ४ सय १ रुपैयाँ राजस्व संकलन भएको छ ।

अन्य प्रशासनिक सेवाबाट एक लाख २६ लाख रुपैयाँ, वन क्षेत्रको रोयल्टीबाट २ हजार ५ सय ५० रुपैयाँ, सवारी साधन करबाट ४ करोड १३ लाख ४९ हजार ९ सय ७४ रुपैयाँ, व्यवसाय रजिस्‍ट्रेसनमार्फत २६ लाख ५३ हजार एक सय ७० रुपैयाँ, अन्य राजस्व ७० हजार ५ सय ८५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १८ लाख ४९ हजार ७ सय ९० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

Global Ime bank

यसैगरी प्रशासनिक दण्ड-जरिवाना र जफतबाट १२ लाख ८८ हजार ६० रुपैयाँ, परीक्षा शुल्कबाट ८६ हजार एक सय रुपैयाँ, अनुदान फिर्ता १३ करोड २६ लाख ७ हजार ९ सय ७८ रुपैयाँ, चालक अनुमतिपत्र सवारी दर्ता किताबबाट ३२ लाख ४८ हजार एक सय ८० रुपैयाँ संकलन भएको छ ।

संघीय सरकारअन्तर्गत निकासा फिर्ता एक करोड ५९ लाख ५८ हजार एक सय ८० रुपैयाँ, अन्य प्रशासन सेवा शुल्क २ लाख ६२ हजार एक सय ६० रुपैयाँ, मूल्य अभिवृद्धि कर दर्तावालाबाट ३ लाख ६७ हजार ४ सय ६३ रुपैयाँ, निकायको मुनाफामा लाग्‍ने कर अन्य संस्थाबाट ३ लाख १९ हजार ७ सय ८० रुपैयाँ, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर ५६ लाख ६७ हजार २ सय ६९ रुपैयाँ, सम्पत्ति वहाल तथा पट्टाको आयमा लाग्‍ने कर ४३ लाख १३ हजार एक सय ७७ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी हुलाक सेवा शुल्कबाट ४ लाख ६६ हजार ३ सय ८३ रुपैयाँ, अन्त:शुल्क मदिराबाट २ करोड ४५ लाख ९ हजार ८ सय ५९ रुपैयाँ, न्यायिक दस्तुरबाट १५ लाख ७५ हजार ५९ रुपैयाँ, अन्त:शुल्क अन्य औद्योगिक उत्पादनबाट एक करोड ६६ लाख ३६ हजार २ सय ५ रुपैयाँ, मूल्य अभिवृद्धि कर परामर्श तथा ठेक्का १२ करोड ७७ लाख ६३ हजार २ सय ८ रुपैयाँ, बेरुजु ४ लाख ३७ हजार ६ सय ४५ रुपैयाँ, निकासाको मुनाफामा लाग्‍ने कर प्राइभेट कम्पनीहरू २८ लाख ९ हजार २ सय ५५ रुपैयाँ, मूल्य अभिवृद्धि कर वस्तु बिक्री-वितरणबाट १० करोड ८० हजार ७ सय ४९ रुपैयाँ, एकलौटी फर्म तथा आयमा लाग्‍ने कर ४ करोड ८८ लाख २९ हजार २ सय एक रुपैयाँ राजस्व संकलन भएको छ । 

यसैगरी ब्‍याजमा लाग्‍ने कर ३२ लाख ३५ हजार ९ सय ३ रुपैयाँ, राहदानी शुल्क ११ लाख ६० हजार, अन्त:शुल्क सुर्तीजन्य पदार्थ ८ लाख १७ हजार ९ सय ६० रुपैयाँ, शिक्षा सेवा कर शैक्षक संस्थाबाट ३ लाख ३१ हजार एक सय ८२ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना तथा जफत २६ लाख २४ हजार ४ सय ११ रुपैयाँ, मूल्य अभिवृद्धि कर उत्पादन एक करोड २७ लाख ६३ हजार ४ सय ६८रुपैयाँ, अनुदान फिर्ता ३२ करोड १४ लाख ७६ हजार ६ सय २० रुपैयाँ, पारिश्रमिक कर एक करोड ११ लाख ७९ हजार ५ सय १७ रुपैयाँ, पुँजीगत लाभ कर ७३ लाख ९९ हजार ५ सय १५ रुपैयाँ र अन्य विभिन्‍न शीर्षकबाट राजस्व संकलन गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय