site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ दिनअघि नै भासिएको थियो जमिन, बिहान वस्तुभाउ स्याहार्न जाँदा पहिरोले छोप्यो
SkywellSkywell

काठमाडौं । सिन्धुपाल्चोकले पुनः अर्को क्षति बेहोरेको छ । जिल्लाको उत्तरपूर्वी विकट जुगल गाउँपालिका २ मा बिहानीपख पहिरो जाँदा ३७ घरमा नराम्ररी क्षति पुगेको छ । ३८ जना पहिरोमा परी बेपत्ता भएका छन् । 

पहिरोले ८ जनालाई सख्त घाइते तुल्याएको छ । ४ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल चौतारा पुर्‍याइएको छ ।

“बिहानीपख आएको पहिरोले गावैँ क्षतविक्षत तुल्याएको छ । बम पड्किएजसरी विशाल आवाजका साथ आएको पहिरो गाउँको बीचबाट पस्दा ३८ जना बेपत्ता हुन पुगेका छन्,” गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले बाह्रखरीसँग भने ।

KFC Island Ad
NIC Asia

तामाङ जाति बसोबास गर्ने लिदीभन्दा करिब १०० मिटर माथि १५ दिनअगावै चर्किएको र धाँजा फाटेको सिर्जनाको भनाइ  छ । तत्काल सबै गाउँ सार्ने अवस्था नरहेकाले उनीहरूलाई पाल–त्रिपाल, प्लास्टिक आदि उपलब्ध गराएर बस्ती नबस्न सतर्क गराइएको उनले बताइन् ।

“गाउँभन्दा केही वर सुरक्षितजस्तो ठाउँमा उहाँहरू बस्‍न थाल्नुभएको थियो । जोखिममा रहेका घरहरूका मानिसहरू त्यहीँ बस्नुहुन्थ्यो,” उनले भनिन् । लिदीबासी रातिराति त्रिपालमा बस्ने र बिहान पख के होला र भन्दै बस्तुभाउ स्याहार्न, खोलेपानी गर्न जाँदा पहिरोले छोपेको उनको भनाइ थियो ।

Royal Enfield Island Ad

“हामीले दिएको त्रिपालमा रातिमात्रै बस्नुहुँदो रहेछ । बिहानीपख घरमै फर्कंदा भवितव्य आइपर्‍यो । के गर्ने कसो गर्ने हामी नै बिलखबन्दमा छौं,” उनले निरूपाय हुँदै सुनाइन् । 

२०७१ साल साउनमा इटनी र राम्चेको पहाडै खस्दा १२३ भन्दा बढी जुरेबासी बेपत्ता भएका थिए । जुरे खस्दा सुनकोसी नदी थुनिन पुगेको थियो । पुरिएकाको हाडखोरसमेत नभेटिएपछि एकमुष्ठ मृत घोषणा गरिएको थियो ।

अहिले लिदीलाई त्यस्तै आपत आइलागेको छ । पहिरोले गावैँ पुरेको खबर पाएपछि सभामुख अग्नि सापकोटासहितको टोली घटनास्थल पुगेको छ । पहिरोमा हराइरहेका खोजी भए पनि जीवितै भेटिने सम्भावना कम हुँदै गएको सिर्जनाको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro