site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ मा ५० सुरक्षाकर्मीसहित १७९ संक्रमित थपिए

जनकपुर । प्रदेश २ मा शुक्रबार नेपाली सेनाका पाँच जना र जिल्ला प्रहरी कार्यालय, पर्साका ४५ जनासमेत १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयले शुक्रबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्ती अनुसार जिल्ला प्रहरी कार्यालय, पर्साका एक महिलासमेत ४५ जना, श्रीपुर आर्मी ब्यारेकका पाँच जना र वीरगन्ज कारागारका एक महिलासमेत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, वीरगंज महानगरपालिकाको वडा नम्बर २ देखि २१ सम्मका १४ महिलासमेत ४२ जना, वीरगंज –२५, सिरसियाका २७ जना, वीरगंज चिनी मिलका दुई महिलासमेत चार जना, नेश्नल मेडिकल कलेजको एक जना र अन्य पाँच जनागरी एक सय ३३ जना छन् । 

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक महिलासमेत सात जना र शहिदनगर नगरपालिकामा एक महिलासमेत दुई जनासहित जिल्लाभर १० जना, बाराको विभिन्न स्थानीय तहमा गरी पाँच जना, रौतहटमा दुई महिलासमेत चार जना, सप्तरीमा दुई महिलासमेत १८ जना र सर्लाहीमा पाँच महिलासमेत ९ जना कोरोना संक्रमित थप भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

चार जनाको मृत्यु

बिहीबार अपरान्ह चार बजेदेखि शुक्रबार अपरान्ह चार बजेसम्मको अवधिमा पर्सामा दुई जना, सिरहामा एक जना र सप्तरीमा एक जनागरी चार जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यही अवधिमा प्रदेश २ का ९ जना महिलासमेत ४९ जना निको भएपछि अस्पतालबाट घर फर्केको मन्त्रालयले जनाएको छ । 

प्रदेश २ मा कुल संक्रमितको संख्या पाँच सय ४० महिलासमेत पाँच हजार पाँच सय १४ जना पुगेका छन् । ती मध्ये २५ जनाको मृत्यु भएको छ भने तीन हजार तीन सय चार जना अस्पतालबाट निको भएर घर फर्किएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro