site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : आइसोलेसनमा ५०० शय्या थपिँदै

जनकपुर । प्रदेश २ सरकारले प्रदेश मातहतमा रहेको आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय गरेको छ । प्रदेशभित्र कोरोना संक्रमणको गति बढेसँगै मंगलबार सर्वपक्षीय बैठक आह्वान गरी मुख्यमन्त्री लालबाबु राउतले थप सतर्कता र सक्रियता बढाएका हुन् । 

समुदायमै कोरोनाको संक्रमण पुगिसकेपछि नियन्त्रण र रोकथामको प्रयास स्वरुप भारतीय सीमा थप कडाइ गर्ने, प्रदेशको पर्सा, धनुषा र सप्तरी लगायत जिल्लामा सञ्चालित आइसोलेशनमा तत्काल पाँच सय शय्या थप गर्ने र कोरोना नियन्त्रण सम्बन्धी हालसम्म भएका विभिन्न निर्णय फास्टट्रयाकमा कार्यान्वयन गराउने निष्कर्षमा पुगेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । 

बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, समूहका सदस्य डा.रामकेवल साह, प्रदेशसभा सदस्य रामअशिष यादव र मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा सहितको सहभागिता थियो । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro