site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 प्रहरी भन्दै होटलहरुबाट पैसा असुल गर्ने दुईजना पक्राउ 

दाङ । दाङको घोराहीबाट प्रहरीले दुई जना ‘नक्कली प्रहरी’लाई समातेको छ । दुवै जनालाई शनिबार घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निःशुल्क खाना खाने, होटेल सञ्चालकहरूसँग पैसा माग्‍ने तथा धम्क्याउने गरेको आरोपमा घोराही उपमहानगरपालिका ९ दक्षिण कर्मटुवा निवासी ३० बर्षीय सरोज नेपाली र सल्यान जिल्लाको दार्मा गाउँपालिका ४ भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल पक्राउ परेका हुन । 

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार नेपालीले आफुलाई जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत सई योगेन्द्र हमाल भएको भन्दै नक्कली परिचय पत्र देखाएर होटेलहरुमा निशुल्क खाने र पैसा मागेर थर्काउनेजस्ता कार्य गर्दै आएका थिए । 

नेपालीले घोराही १५ ट्राफिक चोकस्थित लुम्बिनी होटेल र मालिका भ्याली भ्यू होटेलमा गई होटेल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा ‘मासिक रुपमा रकम दिनुपर्छ’ भनेर धम्क्याउने गरेको उजुरीका आधारमा पक्राउ गरिएको डीएसपी खड्काले जानकारी दिएका छन् ।

त्यस्तै हमालले आफू असई भएको भन्दै घोराही १५ ट्राफिक चोकको पाहुना गेष्ट हाउनमा पैंसा नदिएरै फ्रिमा खाना खाने गरेको तथा होटेल सञ्चालकलाई धम्क्याउने समेत गरेका थिए । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्