site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रुकुममा पहिरोले घर बगाउँदा दुईजनाको शव फेला 
Sarbottam CementSarbottam Cement

दाङ । रुकुम पश्‍चिममा पहिरोले घर बगाउँदा हराएका दुई जनाको शव भेटिएको छ ।

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा बिहान पहिरोले हस्तबहादुर सुनारको घर भत्काउँदा बेपत्ता भएका २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको शव भेटिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार राति एउटै घरमा सुतेका ६ जनामध्ये चारजनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी, श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी ऋतुको उद्धार गरिएको हो ।

Global Ime bank

यसैबीच पहिरोले रुकुमकै बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार र बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !