site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाले बन्द भए होटल, समस्यामा व्यवसायीहरु
Sarbottam CementSarbottam Cement

दाङ । यो समय दिनहुँ तालिम, गोष्ठी, विवाह, व्रतबन्धले भरिभराउ हुने दाङका होटेलहरु अहिले समस्यामा परेका छन् । कोरोना महामारीका कारण परिस्थिति फेरिएको छ । ठूला होटल तथा लजहरु प्राय: बन्द छन् । फाटफुट खुलेका साना होटल पनि सुनसान छन् । 

१२० दिन लामो लकडाउनका कारण करिब चार महिना होटल बन्द रहे । व्यापार ठप्प रह्यो । अहिले लकडाउन खुलेपश्चात संक्रमणको जोखिमका कारण होटलहरु तत्काल सञ्चालनमा आउने स्थितिमा छैनन् । कोरोनाले सिर्जित परिस्थितिका कारण होटल व्यवसायमा ठूलो क्षति पुगेको होटल व्यवसायीहरुको दुखेसो छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दाङमा आवासीय तथा भोजनालयसहितको सुविधायुक्त होटल सिटी प्लाजा हाल बन्द छ । लकडाउनपछि पनि संक्रमणको जोखिमका कारण तत्काल खोल्न नसकिएको होटलका म्यानेजर कमल सुवेदी बताउछन । उनले सरकारको निर्देशन बमोजिम साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी रहेको बताए । यो एक उदाहरण मात्रै हो ।

जिल्लामा सञ्चालित ठूला होटलहरुको अवस्था अहिले यस्तै छ । साना होटलहरु सञ्चालनमा रहे पनि सुविधा सम्पन्‍न ठूला होटलहरु भने बन्द छन् । प्रायः भीडभाड र व्यस्त रहने भएकाले पनि होटल व्यवसायलाई संक्रमणको उच्च जोखिमयुक्त मानिएको छ । सरकारले पनि संक्रमणको जोखिमलाई ध्यानमा राख्दै होटल व्यवसायलाई सञ्‍चालनमा कडाइ गरेको छ । 

Global Ime bank

साना होटलहरुलाई निश्चित मापदण्ड पुर्‍याएर सञ्‍चालन गर्न अनुमति दिए पनि पार्टी प्यालेस, लज, रेष्टुराजस्ता ठूला आवासीय तथा भोजनालयसहितका होटलहरुलाई लकडाउनपछि पनि सञ्चालनमा रोक लगाइएको छ ।

दाङमा साना–ठूला गरी एक हजार तीन सय ७३ होटल सञ्‍चालनमा छन् । ५० हजारदेखि ३० करोडसम्म लगानीमा बनेका होटलहरु छन् । दाङ–देउखुरी होटल व्यवसायी समितिका अनुसार वर्षभरी लज, फास्टफूड, रेष्टुराँहरुले वार्षिक करोडौंको व्यापार गर्दै आएका थिए । यस वर्ष भने महामारीका कारण होटल व्यवसाय संकटमा पुगेको दाङ-देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी बताउछन ।

संक्रमणको जोखिम लामो समयसम्म रहने र तत्काल व्यापार हुन नसक्ने भएकाले होटल व्यवसाय क्षेत्र लामो समयसम्म पनि मारमा रहने उनिहरु बताउछन । बितेको चार महिनामा मात्र झण्डै आठ प्रतिशतले होटल व्यवसायबाट विस्थापित हुनुपरेको दाङ-देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष डाँगी बताउछन् । घरभाडा तिर्न नसक्दा व्यवसायी मारमा परेको र व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको उनको दुखेसो छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !