site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१४ देशका कलाकारको संयुक्त प्रदर्शनी ‘स्पल्यासेस’ भर्चुअल कला प्रदर्शनी सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय जलरंग समाज (आईडब्लूएस) नेपालको चौथो वार्षिकोत्सवका अवसरमा १४ देशका कलाकारको अनलाइन कला प्रदर्शनीको सोमबार प्रिमियर भएको छ । 

‘स्पल्यासेस’ शीर्षकमा आयोजना भएको कला प्रदर्शनीमा नेपाललगायत १४ देशका ६५ कलाकारका एक–एकवटा कला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सु्रुआत आईडब्लूएस ग्लोबका अध्यक्ष अतानुर डोगनको छोटो स्वागत मन्तव्यबाट भएको हो ।

प्रदर्शनीमा चित्रकार अतानुर डोगन सहित २८ जना विदेशी र आइडब्लूएस नेपालका अध्यक्ष सहित जम्मा ३७ जना नेपाली चित्रकारहरुको कला सजिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनीबारे जलरंग समाजका अध्यक्ष एनबी गुरुङ भन्छन्, “हामीले हरेक वर्ष गर्दै आएका छौं । तर यो वर्ष प्रत्यक्ष गर्न नसक्ने भएकाले अनलाइनमार्फत विभिन्न देशका कलाकारले लकडाउनमा गरेका सिर्जना सबैलाई देखाउन पाओस् र सम्बन्ध पनि विस्तार गर्ने हेतुले यो प्रदर्शनीको आयोजना गरेका हौं ।”

उनका अनुसार प्रदर्शनीको उद्देश्य कला बिक्री गर्नेभन्दा पनि कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश–विदेशका कलाप्रेमीसम्म कला पुर्‍याउने रहेको छ । अहिले नै बिक्री नभए पनि ग्राहकले पछि कलाकारलाई सम्पर्क गरी कला किन्न सकिने उनले विश्वास लिएका छन् ।

Global Ime bank

करिब १३ मिनेट लामो अनलाइन प्रदर्शनीमा जलरंगको प्रयोगगरि कोरिएका प्रकृतिका सुन्दर दुश्यदेखि मानव विचको सम्बन्ध, चराचुरुङ्गी, रहनसहन, संस्कृति र भगवानका अनेक रुप, भावनालाई  उतारिएका चित्रकलाहरु देख्न सकिन्छ । अन्तराष्ट्रिय जलरंग समाज १०० भन्दा बढी देशहरुमा फैलिएका छन् । 

आइडब्लूएसको आधिकारीक युट्युब च्यानल र फेसबुकमार्फत आज साँझ ६ बजे लाइभ प्रिमियर सुरु भएको हो । 

प्रदर्शनीमा नेपाल, अमेरिका, भारत, बंगलादेश, चीन,साउथ अप्रिका, फिलिपिन्स, इन्डोनेसिया, हङकङ, इरानलगायत मुलुकका कलाकारको प्रतिनिधित्व रहेको छ । अनलाइन कला प्रदर्शनी अवलोकनको लागि यो लिंकमा जान सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC