site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
१४ देशका ६५ कलाकारको भर्चुअल प्रदर्शनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४ देशका कलाकारको कला एकैथलोमा प्रदर्शन हुने भएको छ । आज (सोमबार) अन्तर्राष्ट्रिय जलरंग समाज (आईडब्लूएस) को चौथो वार्षिकोत्सवका उपलक्ष्यमा १४ देशका कलाकारको कला अनलाइनमार्फत एकै थलोमा प्रदर्शन हुन लागेको हो । 

‘स्प्रल्यास’ शीर्षकमा हुने प्रदर्शनीमा नेपाललगायत १४ देशका ६५ कलाकारका एक–एकवटा कला प्रदर्शनीमा राखिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनीबारे जलरंग समाजका अध्यक्ष एनबी गुरुङ भन्छन्, “हामीले हरेक वर्ष गर्दै आएका छौं । तर यो वर्ष प्रत्यक्ष गर्न नसक्ने भएकाले अनलाइनमार्फत विभिन्न देशका कलाकारले लकडाउनमा गरेका सिर्जना सबैलाई देखाउन पाओस् र सम्बन्ध पनि विस्तार गर्ने हेतुले यो प्रदर्शनीको आयोजना गरेका हौं ।”

उनका अनुसार प्रदर्शनीको उद्देश्य कला बिक्री गर्नेभन्दा पनि कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश–विदेशका कलाप्रेमीसम्म कला पुर्‍याउने रहेको छ । अहिले नै बिक्री नभए पनि ग्राहकले पछि कलाकारलाई सम्पर्क गरी कला किन्न सकिने उनले विश्वास लिएका छन् ।

Global Ime bank

आइडब्लूएसको आधिकारीक युट्युब च्यानल र फेसबुकमार्फत आज साँझ ६ बजे लाइभ प्रिमियर हुनेछ । प्रदर्शनीमा नेपाल, अमेरिका, भारत, बंगलादेश, चीन, फिलिपिन्स, इन्डोनेसिया, इरानलगायत मुलुकका कलाकारको प्रतिनिधित्व रहनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC