अर्थ व्यवसाय
काठमाडौं । कोरोनाका कारण समस्यामा परेका र रोजगारीको करार समाप्त भएर स्वदेश फर्कन नपाएका नेपालीलाई उद्धार गर्नका लागि शुक्रबार कुवेतबाट दुई उडान हुँदैछन् ।
उक्त दुई चार्टर उडान जजिरा एयरवेजले गर्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । ती दुई उडान स्थानीय समयअनुसार बिहान ६ बजे र ८ बजे हुँदै छन् ।
स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा कुनै समस्या परेमा दूतावासका अरबी भाषा बोल्ने कर्मचारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०७७ १४:४७
प्रतिक्रिया दिनुहोस्