site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धम्की दिँदै चन्दा माग्‍ने दुई युवा पक्राउ
SkywellSkywell

दाङ । ज्यान मार्ने धम्की दिँदै आठ लाख ६५ हजार रुपैयाँ चन्दा माग्‍ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बबई गाउँपालिका ५, सिमगैराका २८ वर्षीय भाष्कर वली र  १९ वर्षीय केवल वलीलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डीएसपी) शिवबहादुर सिंहका अनुसार उनीहरुले बबई गाउँपलिका ५, हापुरे बजारका २६ वर्षीय ललित गौतमको परिवारबाट चन्दा रकम माग गर्दै नदिए ज्यान लिने धम्की दिँदै आएका थिए । गौतमको हापुरे बजारमा गौतम ट्रेडर्स एन्ड सप्लायर्स नामको हार्डवेयर पनि पसल छ ।

Dabur Nepal
NIC Asia

नेत्रविक्रम चन्द विप्लव समूहको नामबाट असार २४ गते भाष्करले गौतमको घरको मूल ढोकाअगाडि तीन दिनभित्रै बुझाउन ताकेतासहितको हस्तलिखित पत्र लेखेर छाडेका थिए । गौतम परिवारले वास्ता नगरेपछि भाष्करले असार २६ गते रातको ११ बजे निमकान्त गौतमलाई फोन गरी धम्क्याए । मागे जति रकम नदिए उनीसहित घर-परिवारका सदस्यको ज्यान लिने धम्की दिएको प्रहरीको भनाइ छ ।

आफू र परिवारको सुरक्षाका लागि गौतमले संवाद थाले । समस्या आफैं समाधान गर्ने प्रयास गरे । उनले ५० हजार चन्दा दिन राजी भए । यो कुरा गोप्य रुपमै मिलाउने प्रयास भइरहेको थियो । धम्की दिँदै आएका व्यक्तिले ५० हजार रुपैयाँ अस्वीकार गरे । तोकिएकै रकम नदिए परिवार सखाप पारिदिने चेतावनी दिए ।

गौतम परिवारलाई परेको समस्या एकान दुई कान गर्दै प्रहरीसम्म पुग्यो । त्यसपछि प्रहरीले गोप्य रुपमा गौतमलाई फोन गरेर धम्काउने व्यक्तिको कल डिटेल खोजी गर्‍यो । असार ३० गते भाष्कर पक्राउ परे । धम्क्याउन प्रयोग भएको सिम र मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध दाङ देउखुरी जिल्ला अदालतबाट मंगलबार १० दिने म्याद थप गरी थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu