site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जिम्मेवारी थपेको थप्यै, काम शून्य !

काठमाडौं । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका महेश बराल अन्य दुई संस्थाको नेतृत्वमा पनि छन् । उनी राष्ट्रिय जीवन बिमा कम्पनी र नेपाल धितोपत्र बोर्डको अध्यक्ष पनि हुन् ।  

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डमा अध्यक्ष भएर पनि काम अगाडि बढ्न सकेको छैन ।  एउटै व्यक्तिलाई तीनवटा जिम्मेवारी दिँदा तीनवटै निकायको काम प्रभावकारी नभएको अर्थकै अधिकारीहरू बताउँछन् ।

जेठ १३ गते राष्ट्रिय जीवन बिमा कम्पनीको अध्यक्ष नियुक्त भएका बराल साउन २ गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई महत्वपूर्ण कार्यालयको रुपमा लिइन्छ । 
भन्सार विभाग अन्तर्गतका कार्यालयमध्ये यो सबैको छनोटमा पर्छ । यस्तो महत्वपूर्ण जिम्मेवारी पाएका बराल एकाएक धितोपत्र बोर्डको अध्यक्ष हुन पुगे । 

हुन त अर्थ मन्त्रालयको सहसचिव धितोपत्र बोर्डको सदस्य हुने व्यवस्था छ ।  सरकारले बोर्डमा अध्यक्ष नियुक्त नगरेसम्म अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य अध्यक्ष हुने व्यवस्था छ । 

तर, गत पुस २० गते तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्डमा अर्थ मन्त्रालयका अधिकारी अध्यक्ष हुदै आएका छन् । उनीहरूले बोर्डले गर्नुपर्ने काम त गर्दैनन् । किनभने भोलि विवादमा परिन्छ भन्ने उनीहरूमा डर छ ।

तर बोर्डको अध्यक्ष चयन नगरी अर्थ मन्त्रालयले कर्मचारीलाई मात्रै जिम्मेवारी थुपारिदिँदा परिणाम शून्य रहेको बोर्डका एक उच्च अधिकारीको भनाइ छ । बोर्डका अध्यक्ष रहेका बराल अहिले एक टोली लिएर भारत भ्रमणमा छन् । उनले अर्थ मन्त्रालयका एक उप–सचिवसहित बोर्डका दुई सदस्य दलबहादुर अधिकारी र भोलानाथ ढुंगानालाई पनि लिएर भारत भ्रमणमा गएका छन् । 

टोलीमा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र कृष्णराज पोखरेल पनि छन् । त्यसका साथै भ्रमणमा उपकार्यकारी निर्देशक निरन्जय घिमिरे, दीपा दाहाल, नरायणप्रसाद शर्मा र निर्देशक सानु खड्का पनि छन् ।

बराल अध्यक्ष भएको साढे एक महिना पूरा भएको छ । लामो समयदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै बोर्डमा निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाएका छैनन् । अहिलेसम्म यस्ता कम्पनीको लिष्ट लामो भइसकेका छन् ।

तर, बोर्डले ३४ कम्पनीको नाम लिष्टमा राखेको छ ।

आईपीओका साथै हकप्रद सेयर, ऋणपत्र, म्युचुअल फण्ड र एफपीओलाई पनि स्वीकृत दिन सकेको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro