देश
काठमाडौं । दिपायलस्थित पश्चिम सेती नदी शुक्रबार बिहान सतर्कता तह पार भएको छ । डोटीस्थित बाढी मापन केन्द्रमा पश्चिम सेतीको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ २८, बिहान ८ः३० बजे । पश्चिम सेती नदी दिपायल, डोटीस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकोले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा रहनुहुनेहरूले आज साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउनहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ ०९:२२
प्रतिक्रिया दिनुहोस्