site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मापदण्ड पुनरवलोकन वैधानिक विकल्प : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाग्मती र विष्णुमतीको दायाँबायाँ ४० र टुकुचाको हकमा २० मिटर मापदण्ड तोकिएको विषयमा अनावश्यक राजनीति भइरहेको बताएको छ । 

सर्वोच्च अदालतको फैसला र महानगरको सूचनाका विषयमा तीन तहका सरकारबीच समन्वय गरेर समस्याको समाधान खोज्नुपर्ने रास्वपाले जनाएको छ । 

सर्वोच्च अदालतको फैसला पुनरवलोकनको वैधानिक बाटो बाँकी नै रहेकाले यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाउन नहुनेमा जोड दिएको छ ।

“संघीय र स्थानीय सरकारबीच द्वन्द्व र विवाद बढाउन प्रोत्साहित गर्ने काम भइरहेको छ । यसले नदी/खोला किनार आसपासका बासिन्दालाई त्रसित बनाउने प्रवृत्ति गलत छ,” रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, “सरोकारवालासँग छलफल गरी संघीय र काठमाडौंका उपत्यकाभित्रका स्थानीय सरकारले साझा धारणा बनाएर सर्वोच्च अदालतमा पुनरवलोकनका लागि आग्रह गर्नु नै वैधानिक विकल्प हो ।” 

1-1726199797.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro