site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीका धेरै स्थानमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो ६ घण्टामा कैलालीका धेरै स्थानमा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“भदौ २८ बिहान ८ः३० । पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

eifmg-1726199273.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro