site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भाेलि सार्वजनिक बिदा
Sarbottam CementSarbottam Cement

दमौली । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा सोमबार (असार २९ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए । भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन् ।
    
भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त अध्यात्म रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् । उनका पाण्डुलिपि सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

दुईसय सातौँ भानुजयन्तीका अवसरमा नगरपालिकाले सोमबार भानुजन्मस्थल विकास समितिमा रामायणवाचन कार्यक्रम आयोजना गर्ने भएको छ । भानुजयन्तीका अवसरमा घर आँगन, टोल सरसफाइ, दीपावली र प्रभातफेरीलगायतका कार्यक्रम हुने नगरपालिकाले जनाएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय