site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
माइती नेपाललाई ‘श्रीपति समाजसेवा’ पुरस्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कास्की । माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै मानव बेचबिखन, यौन दुराचार र घरेलु हिंसामा परेका महिलाको उद्धार, सहयोग र आश्रयको क्षेत्रमा क्रियाशील सो संस्थालाई पहिलोपटक दुई लाख २२ हजार २२२ रुपैयाँको पुरस्कारबाट पुरस्कृत गरिने गुठीका अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।

२०७७ देखि अविछिन्‍न रूपमा बर्सेनि श्रीपति कोइराला जयन्तीका अवसरमा असार २७ गते पुरस्कार प्रदान गर्ने योजना रहे पनि यस वर्ष कोभिड-१९ महामारीका कारण पुरस्कार वितरण गर्न नसकिएको र गुठीको आगामी वार्षिक साधारणसभामा सो पुरस्कार अर्पण गरिने जनाइएको छ ।
 
नेपालभर मानवीय एवं स्वयंसेवी भावनाबाट अभिप्रेरित भई समाजमा मानवीय विपद्मा उद्धार र राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण र सामुदायिक विकासका क्षेत्रमा विशेष सेवा गर्ने व्यक्ति वा संस्थामध्येबाट पुरस्कार छनोट समितिकोे सिफारिसमा पुरस्कार प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिए ।
 
१८६४ असार २७ गते पोखरा ४, गैह्रपाटनमा जन्मिएका श्रीपतिले विसं १८९० मा पोखराको महेन्द्रपुल र  विसं १८९९ मा पर्वतको काली नदी किनार मडीकुवामा जग्गा खरिद गरी गुठी स्थापना गरेका थिए । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय