site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्रष्टा उपाध्यायलाई विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा बर्सेनि दिइने नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका चन्द्रशेखर उपाध्यायलाई प्रदान गरिएको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ । 

सुदामा चरित नामक खण्डकाव्यलगायत मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यका बारेमा दीर्घ लेखनका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रदेश नं २ का प्रमुख तिलक परियारले विद्यापति पुरस्कार कोषद्वारा शनिबार जनकपुरधाममा आयोजित विशेष समारोहमा पुरस्कृत स्रष्टालाई पुरस्कार प्रदान गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै कोषद्वारा रु एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका  दिनेश यादवलाई प्रदान गरिएको छ । उनलाई मैथिली भाषा, साहित्य र पत्रकारिताबारे अनुसन्धानका लागि सो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

Image may contain: 2 people

Global Ime bank

त्यस्तै नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार धनुषा जिल्लाका उपेन्द्र भगत नागवंशी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरी जिल्लाका शिवनारायण पण्डित र नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कार धनुषा जिल्लाका लक्ष्मण मण्डललाई प्रदान गरिएको छ ।

नागवंशीको काव्यकृति नामक कविता सङ्ग्रहको पाण्डुलिपि, पण्डितलाई भरत जङ्गमको नेपाली भाषाको ‘कालो सूर्य’ नामक उपन्यासको मैथिली अनुवाद र मण्डललाई मिथिला चित्रकलाका लागि पुरस्कृत गरिएको हो । ती पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । रासस

Image may contain: 5 people, people standing

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २८, २०७७  ०८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय