site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्रोकर कमिसनको नयाँ दर जेठ १ देखि लागु गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसनको नयाँ दर आउँदो जेठ १ गतेदेखि लागु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसनको नयाँ दर अर्थ मन्त्रालयबाट स्वीकृत भएअनुसार नै लागु गर्ने निर्णय गरेको हो ।

लगानीकर्ताबाट हाल ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव बोर्डले अर्थ मन्त्रालयमा पठाएको थियो । तर, के कति घटाउने वा कति कायम गर्ने भन्ने विषय भने सार्वजनिक नभएको स्रोतको भनाइ छ ।

त्यस्तै, लगानीकर्ताबाट धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव गरिएको थियो ।

हाल संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिइने ब्रोकर कमिसन माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम थियो ।

Global Ime bank

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखभन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोडभन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu