site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोरङ व्यापार संघमा १६ कार्यकारिणी सदस्य निर्विरोध
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङ व्यापार संघमा १६ कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघको ३४औँ कार्यकारिणी समिति गठन गर्न सोमबार ती सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यकारिणी समिति गठन गर्न पहिलो चरणमा उद्योग र वाणिज्य क्षेत्रबाट आठ/आठ गरी १६ कार्यकारिणी समिति सदस्य निर्वाचित हुने विधानमा व्यवस्था छ । निर्वाचित कार्यकारिणी सदस्यबाट अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग क्षेत्रबाट अमितकुमार सारडा, अनुपम राठी, देवाशिष गोल्छा, विनित सिंघानिया, अमित राठी, आशिष जाजु, पवन राठी र विकासकुमार बेगवानी निर्वाचित भएका छन् । वाणिज्य क्षेत्रबाट अनिलकुमार साह, सञ्जयकुमार श्रेष्ठ, सुशील सुराना, विवेक अग्रवाल, मनीषकुमार मारु, अनिल सारडा, राजेशकुमार बगडिया (अग्रवाल) र दिपेश सुवेदी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जानकारी गराएको छ ।

नवनिर्वाचित अध्यक्षले कार्यकारिणी सदस्यहरूको रायसुझाव र सल्लाहबमोजिम पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मनोनयन गर्छन् । नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यकारिणी समितिको बैठकबाट वस्तुगत क्षेत्रका दुई सदस्य मनोनयन गर्ने प्रावधान छ । यसअघिका वरिष्ठ उपाध्यक्ष अनुपम राठी ३४औँ कार्यकारिणी समितिको अध्यक्ष हुने बताइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement