site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रभासको ‘राधे श्याम’को फस्ट लुक ५ भाषामा सार्वजनिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । बाहुबली फेम्द अभिनेता प्रभासको नयाँ चलचित्रको नामसहितको फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । प्रभास र पूजा हेगदेको मुख्य भूमिका रहने यस चलचित्रको नाम ‘राधे श्याम’ राखिएको छ । 

मेगा–बजेटको यस त्रिपक्षीय चलचित्र हिन्दी, तमिल र तेलगु गरी ३ भाषामा छायांकन हुनेछ । भने यसको फस्ट लुक पोस्टर ५ भाषामा सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टरमा प्रभास र पूजाको रोमान्टिक पललाई कैद गरिएको छ । जहाँ उनीहरू समुन्द्री छालबाट निस्किएर एकअर्काको अंगालोमा बाँधिन लागिएको प्रतीत हुन्छ । भने ब्याकग्राउन्डमा इटालीका ऐतिहासिक स्मारकहरू देख्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फस्ट लुक पोस्टर हेर्दा चलचित्रको प्लटले दर्शकलाई रोममा लैजाने अनुमान लगाउन सकिन्छ । प्रभासले एकदिन अघिमात्रै प्रभास २० उपमा दिँदै आफ्नो यस बहुप्रतीक्षित चलचित्रका बारे इन्स्टाग्राममार्फत् जानकारी दिएका थिए । 

उनले अंग्रेजी, हिन्दी, तमिल, तेलगु र मलयालम ५ भाषामा टाइटल लेखिएका पोस्टर रिलिजबारे पनि इन्स्टाग्राममार्फत् नै जानकारी दिएका छन् । उनले लेखेका छन्, “मेरा प्रशंसकहरू यो तपाईंका लागि हो । आशा छ तपाईंहरूले मन पराइदिनु हुन्छ होला ।”

Global Ime bank

राधा कृष्ण कुमारको निर्देशनमा बन्ने यस चलचित्रमा भाग्यश्री, मुरली शर्मा, सचिन केडेकर, प्रियादर्शी, कुनाल रोय लगायतका कालाकारहरूको अभिनय पनि देख्न पाइन्छ । ‘राधे श्याम’ टी–सिरिज र युवी क्रियसनको ब्यानरमा बन्न लागेको चलचित्र हो । 

यसअघि आएको प्रभासको ‘साहो’ चलचित्र अपेक्षित व्यापार गर्न असमर्थ रहयो ।
(इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय