site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्रष्टा समाजबाट यस वर्ष प्रदान गरिने योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान र दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मानको घोषणा गरिएको छ । 

समाजबाट २०७७ सालमा प्रदान गरिने उक्त सम्मानहरु वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरीका संयोजकत्वमा सम्बन्धित विज्ञ तथा सम्मान संस्थापकहरू रहेको समिति यही असार १४ गते निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान (राशि रु २५ हजार १११ सहित) तोया गुरुङ, योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (राशि रु २५ हजार १११ सहित) उत्तमप्रसाद पन्त र  दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान (राशि रु ११ हजार १११ सहित) इन्द्रा गहतराजलाई प्रदान गर्ने निर्णय गरेको हो ।

महामना नारी योगमायाले आफ्ना ६८ अनुयायीका साथ विसं १९९८ मा उत्सर्ग गरेको दिन असार २२ गतेलाई समाजले योगमाया दिवससमेत घोषणा गरी सोही दिन उनका नाममा दुई सम्मानहरु प्रदान गर्ने गरिएको छ । 

Global Ime bank

यसैगरी दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान गत वैशाख ९ गते नै प्रदान गरिने तय भएकामा कोभिड–१९ को सङ्क्रमणका कारण स्थगन गरिएको समानका अध्यक्ष विधान आचार्यले जानकारी दिए । समाजले सम्मानित भएका विशिष्ट साधक तथा सर्जकहरूलाई अनुकूल अवस्थामा सम्मान प्रदान गरिने जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !