काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको नगद धरौटी केही समयका लागि फिर्ता गरी व्यवसायलाई पुनर्जीवन प्रदान गर्न राप्रपाले सरकारसँग आग्रह गरेका छ । कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगार व्यवसायमा गम्भीर असर पर्न गएको तर्फ राप्रपाले चासो देखाएको हो ।
सरकारको अव्यावहारिक प्रावधानका कारण समस्यामा परेका वैदेशिक रोजगार व्यवसायलाई पुनर्जीवन प्रदान गर्न राप्रपाले विज्ञप्तिमार्फत् सरकारसँग माग गरेको हो ।
माहामारीकै कारण वैदेशिक रोजगार व्यवसायीले वार्षिक सय जना कामदार पठाउनु पर्ने जस्ता बाध्यात्मक परिबन्ध हटाउनु पर्ने बताएको छ । कोरोना माहामारीका कारणले गर्दा सय जना कामदार पठाउन नसकेका पाँच सयभन्दा बढी वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण नहुने अवस्था देखिएको राप्रपाले बताएको छ ।
राप्रपाले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगार व्यवसायीहरूको इजाजत पत्र सरल ढंगबाट नवीकरण गर्ने व्यवस्था अविलम्ब गर्नका नेपाल सरकारसँग माग गरेको हो ।
साथै, वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका हाल नेपाल फर्कन चाहने नेपालीहरूलाई सहज तरिकाले स्वदेश फर्किने वातावरण बनाउन समेत राप्रपाले नेपाल सरकारसँग माग गरेको छ ।