site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नवोदितलाई रमाप्रसाद-मायादेवी पत्रकारिता पुरस्कार
Sarbottam CementSarbottam Cement

विराटनगर । यो वर्षको रमाप्रसाद-मायादेवी पत्रकारिता पुरस्कार पत्रकार मीनकुमार नवोदित श्रेष्ठले प्राप्त गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज कार्यक्रम गरी पुरस्कार प्रदान गरेको हो । पुरस्कार स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गरेका हुन् । पुरस्कारको राशि १५ हजार रुपैयाँ र प्रशंसापत्र छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरस्कार वितरण समारोहमा पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कार काम गर्न प्रेरणा मिल्ने बताए । उनले पुरस्कारको राशि बढाउन पहल गरिने बताए ।
 
कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताए । भने, ‘‘सबैतिर समस्या नै समस्या छ । स्वास्थ्य र राजनीतिक अवस्था पनि सहज बन्‍न सकेको छैन ।’’ 

प्रमुख सचेतक केदार कार्कीले रमाप्रसाद रिजाल प्रजातान्त्रिक आन्दोलनका एक असल योद्धा भएको बताए । उनले पत्रकारको पेसा अहिले संकटमा परेको र यसलाई व्यवस्थित गर्न आवश्यक रहेकामा जोड दिए । भने, ूपत्रकारहरु सरकारको स्थायी प्रतिपक्षी हुन् । ू पत्रकारिता पेसा स्वतन्त्र, निष्पक्ष र निर्भिक हुनुपर्ने बताए ।

Global Ime bank

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार र पत्रकारिता क्षेत्रमा अहिले संकट आइपरेको बताए । उनले भने, ूमहानगरले पनि पत्रकारिता क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।ू कोइरालाले लोकतन्त्रमा जसले जितायो उसलाई बिर्सने गरिन्छ भन्दै संघीय र प्रदेश सरकारले काम नै गर्न नसकेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन प्रदेश संयोजक लीलावल्लव घिमिरे, युनियन मोरङका अध्यक्ष कुमार लुइँटेल, सल्लाहकार शंकर खरेल, महासंघ मोरङ उपाध्यक्ष कुमोद अधिकारी, युनियन जिल्ला उपाध्यक्ष विनोद सुवेदी र पुरस्कृत पत्रकार नवोदितले मन्तव्य राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !