site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि सुशान्तको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले सुशान्तले आत्महत्या भएको पुष्टि गरेको थियो ।

तर, अझै सुशान्तका प्रशंसक, परिवार र केही कलाकारहरूले सुशान्तको हत्या नै भएको र यसमा सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यहीबीच बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आत्महत्याको १७ दिनपछि आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो । 

जसले पुनःएकपटक सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको पुष्टि भएको छ । तर अझै पनि सुशान्तले आत्महत्या गर्नुको कारण भने पत्ता लागिसकेको छैन । प्रहरीले सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ । 

Global Ime bank

सुशान्तको आत्महत्याको खबर सार्वजनिक भएसँगै केही बलिउड कलाकार र प्रशंसकले इन्डस्ट्रीमा व्याप्त नेपोटिजम, ग्रुपिजमका कारण सुशान्त डिप्रेसनमा गएर यो कदम उठाएको आरोप लगाइरहेका छन् । प्रोफेसनल फ्रन्टबाट प्रहरीले अहिलेसम्म धेरैसँग सोधपुछ गरिसकेको छ तर त्यस्तो केही सुराक भेटिएको छैन । 
(नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement