site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संस्कृति मन्त्रालयद्वारा प्रतिभा पुरस्कारको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा, कला, संस्कृतिका साथै अन्य विधाका क्षेत्रमा यस वर्षका लागि विभिन्न व्यक्तित्वलाई राष्ट्रिय प्रतिभा पुरस्कार तथा प्रादेशिक प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार पुरस्कार चयन समितिकाे सिफारिसमा विभिन्न व्यक्ति एवम् स्रष्टाहरुलाई पुरस्कार दिने घोषणा गरेको हो । जस अनुसार संस्कृति विधा तर्फ बुद्धिनारायण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ भने चन्द्रकुमार राई, डा. रामसागर पण्डित, डा. गौतमवीर वज्राचार्य, प्रा. ज्ञानबहादुर कार्की, विक्रममणि त्रिपाठी, वासुदेव उपाध्याय र सुरतबहादुर शाहलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै भाषा साहित्य तर्फ प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’लाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ भने प्रादेशिक प्रतिभा पुरस्कारका लागि सुरेश हाचेकाली, नवराज रिजाल, गोपी मैनाली, तर्कना शर्मा, श्रीधर पौडेल, डा. ओम प्रकाश आचार्य, मिहीलाल उपाध्याय पुष्पलाई छनोट गरेको छ ।

लतिलकला विधातर्फ श्यामलाल श्रेष्ठलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ भने जीवनाथ पोखरेल, सरितादेवी मण्डल, चन्द्रश्याम डंगोल, महेश आचार्य, सुमित्रा राना, भीमबहादुर सिंह, रवीन्द्रबहादुर चन्दलाई छनाेट गरेको छ ।

Global Ime bank

मन्त्रालयले संगीत तथा नाट्य विधा तर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सत्यनारायण चौधरीलाई प्रदान गर्ने भएको छ भने भरत गुरुङ, हीराकुमारी दर्लामी, केशर कालीकोटे, मनकुमार श्रेष्ठ, लक्ष्मी न्यौपाने, कृपाराम शर्मा धमला, मनोहर राम दमाईलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदानका लागि छनाेट गरिएको छ ।

मन्त्रालयका अनुसार २०७६ सालको महाकवि देवकोटा पुरस्कारका लागि कविता तर्फ मोहन सिटौला, निबन्ध तर्फ प्रा. केशव सुवेदी, गद्याख्यान तर्फ पद्मावती सिंह, बाल साहित्य लोक साहित्य तर्फ डा. मधुसुदन गिरी र भाषा साहित्य तर्फ भैरव रिसालको नाम छनाेट गरिएको छ । 

त्यस्तै २०७६ सालको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारका लागि नाटक तर्फ अभि सुवेदी (अभि नारायण सुवेदी) र कविता तर्फ प्रा. घनश्याम उपाध्याय कँडेल तथा पुष्पलाल राष्ट्रिय पुरस्कारका लागि राजनीतिक तथा सैद्धान्तिक विधा तर्फ स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास तर्फ डा. माधवराज पन्थी र साहित्य संस्कृति र विज्ञान तर्फ राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गर्ने भएको छ ।

२०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि नवराज विक, त्रिभुवनचन्द्र वाग्ले र तिलक परियारलाई छनाेट गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !