site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तल्लो पाटोमा तैरिँदा, मफलर युद्ध, सम्झना बिर्सना र पहिरो
Sarbottam CementSarbottam Cement

तल्लो पाटोमा तैरिँदा 
(सयात्रासंग्रह: हरि थापा)
नियात्रा झैँ प्रतीत हुने सयात्रामा कलम चलाउँदै आएका साहित्यकार हरि थापाको अर्को सयात्राकृति हो ‘तल्लो पाटो तैरिँदा’ । केही समयअघि प्रकाशनमा आएको थापाको यो तेस्रो सयात्रा हो ।

कृतिभित्र भूमिकामा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लेखेका छन्: ‘सयात्राकार हरि थापाको ‘तल्लो पाटोमा तैरिँदा’मा संगृहित सयात्राहरूमा अमेरिकाका विभिन्न ठाउँमा गरिएका यात्राहरूको वर्णन, वृत्तान्त, अनुभव, भोगाइ, अनुभूति, स्मृतिबिम्ब आदिको चित्रण छ र पारिवारिक एवम् मित्र परिवारसँगको यात्रा भएकाले यस संग्रहका सबै सयात्रा सहयात्राकै सेरोफेरोमा रहेको देखिन्छ । ...’
कृतिकार हरि थापा आफ्ना कुरामा लेख्छन्: ‘साधारणतः ‘स’को अर्थ सँग, सित, समेत आदि हुने र मैले यात्रा गर्दा मसँग हुने सहयात्री, म केसँग यात्रा गर्छु, म कुन ठाउँसँग परिचित हुन्छु । म केसित प्रभावित हुन्छु भन्ने विषय सबै यात्रासँग नै सम्बन्धित हुन्छन् । ...’

थापाको यस सयात्राकृतिमा कुल १७ वटा सयात्रा समावेस छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वदेश प्रकाशन प्रा.लि.द्वारा प्रकाशित १५६ पृष्ठको यस सयात्रासंग्रहको मूल्य ४००/– रुपैयाँ राखिएको छ ।
०००

मफलर युद्ध
(कवितासंग्रह: अनिल श्रेष्ठ)
कवि अनिल श्रेष्ठ कविता सिर्जनामा सक्रिय छन् । उनका केही कविताकृतिहरू पाठकमाझ आइसकेका छन् । यसअघि कविता र गीतका चार कृति बजारमा ल्याइसकेका अनिलको अर्को कृतिका रूपमा आएका छ कवितासंग्रह ‘मफलर युद्ध’ ।

Global Ime bank

कृतिको भूमिकामा डा. रमेश भट्टराई लेख्छन्: ‘अनिल श्रेष्ठ पछिल्लो समयका सुन्दर लेखन क्षमता र राम्रो सम्भावनाले युक्त कवि हुन् । उनका समालोचक कवितामा प्रस्तुत भए झैँ काठमाडौंका महान र सुकिला भनिने समालोचकका आँखामा नपरेका कवि हुन् उनी । ...’
हँसियाहरू खिएपछि शीर्षकको कवितामा उनी लेख्छन्: 
हँसियाहरू खिएपछि
एकएक गरेर 
बिस्तारै खिइँदै जाँदो रै’छ हँसियाका धार
र, खियाहरू मौलाउँदा रै’छन् 
एकएक गरेर हराउँदै जाँदो रै’छ 
हँसियाहरूको प्रभाव...
(पृष्ठ—७८)
यस कविताकृतिभित्र अनिलका ३८ वटा कविताहरू समेटिएका छन् । 
पाठ्यसामग्री पसलद्वारा प्रकाशित १२० पृष्ठको यस कविताकृतिको मूल्य २७५/– रुपैयाँ राखिएको छ ।

०००
सम्झना बिर्सना
(संस्मरण/कथा/लघुकथा: सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’)
साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ तीसको दशकका सर्जक हुन् । कविता लेखनदेखि साहित्यिक यात्रामा लागेका भीमफेदीयाको पछिल्लो प्रकाशित पुस्तक हो ‘सम्झना बिर्सना’ । जसमा भीमफेदीयाका संस्मरणहरू, कथा लघुकथाहरू समावेश छ ।

यसअघि उनको दुईवटा पुस्तक प्रकाशित छ । उनी साहित्यिक पत्रिका ‘कुरौटे’का सम्पादक प्रकाशक पनि हुन् ।

कृतिको भूमिकामा साहित्यकार किशोर पहाडीले लेखेका छन्: ‘काव्यमाभन्दा उनको लेखन गद्यमा जम्ने रहेछ भनेर यसभित्रका संस्मरण, कथा लघुकथा पढेर हामी अनुभव गर्न सक्दछौँ ।’

यस कृतिभित्र श्रीरामसिंह बस्नेत, धु्रव मधिकर्मी, गोविन्द गिरी प्रेरणाले मन्तव्य लेखेका छन् । कृतिकार पौडेल आफ्नो भनाइमा लेख्छन्: ‘समकालीन स्रष्टा मित्रहरूले समयमै पुस्तक निकाल्न सल्लाह नदिएका हैनन् । खै किन मानिएन त्यतिबेला । झण्डै पैंतीस वर्षपछि मात्र रहर पलायो पुस्तक निकाल्ने । ...’

यस पुस्तकभित्र १७ वटा संस्मरण र ८ वटा कथा लघुकथाहरू रहेको छ ।

भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको १४४ पृष्ठको यस पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००
पहिरो
(लघुकथासंग्रह: ललिता ‘दोषी’) 
साहित्यकार ललिता ‘दोषी’को पछिल्लो पुस्तक प्रकाशनमा आएको छ, ‘पहिरो’ । यो लघुकथाहरूको संग्रह हो । यसअघि उनका ४ कथा, ३ लघुकथा, ३ कवितासहित अन्य पुस्तकहरू प्रकाशित छन् । साथै बालसाहित्यका उनका थुप्रै पुस्तकहरू प्रकाशित छन् ।

आफ्नो भनाइमा कृतिकार ‘दोषी’ले लेखेकी छन्: ‘आफूले देखे सुनेका घटनालाई टपक्कै टिप्न खोजेकी छु । कथालाई सिँगार्ने क्रममा कतैकतै काल्पनिक शब्द भए पनि यी घटनाहरू धेरैजसो वास्तविक नै हुन् । ...’

कृतिको ब्लर्बमा साहित्यकार विधान आचार्यले लेखेका छन्: ‘...परिवारका विखण्डन रोक्दै तिनलाई कसरी एकताबद्ध राख्ने भन्ने सारतत्वमा धेरै कथाहरू बुनिएका पाइन्छन् ।’ साहित्यकार खेमराज पोखरेलले पनि ब्लर्बमा सानो मन्तव्य लेखेका छन् ।

यस संग्रहमा दोषीका ४२ वटा लघुकथाहरू रहेका छन् ।

सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको १०४ पृष्ठको पुस्तकको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय