site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तरमारा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सागर फुयाल


गाउँलेको तर खाएर, 
दुबो उम्रिएको बारीको डिलमा उभिएर, 
गाउँलेलाई नै ‘तरमारा तरमारा’ भन्दै 
अहोरात्र सराप्ने गरेका मुखियाको 
त्रिलोक हल्लाउने रोदन सुनेर
तर्सिएका तिनै गाँउले
जब बुझ्न थाले विस्तारै विस्तारै
मुखियाको
श्रममारा, 
आस्थामारा
खिइएका दाँतका चमकमारा याचना
अनि
तरमारा भनेका तिनै गाउँलेहरू
आज बोलाउँदैछन् 
त्यो दुष्ट मुखियालाई
त्यस्कै दुबो उम्रिएको बारीको डिलबाट
आफ्नै गाउँको बीचमा 
‘आइज’ भनी
युगौं युग बाँचेको चौतारीमा
एउटा फैसला गर्न 
तरमारा ति गाउँले आफैँ हुन् कि !
कि हुन् यो दुनियाँको
‘तरमारा’ दुर्जन मुखिया भनी !
(बर्लिन, जर्मनी ।)
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्